साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धारा

मलाई पायक यो धारा छ, तँलाई पायक धारा त त्यो सबैलाई उत्ति पायक, धारा को खोज्न सक्तछ ? सक्कली, नक्कली साथै, अक्कली, डेढ-अक्कली धारालाई मेचको लोभ, छैन को भन्न सक्तछ ?

Nepal Telecom ad

चट्याङ मास्टर :

धाराबाट सफा निर्मल, पानी पो बग्नुपर्दछ
धाराबाट सधैं पानी, आउँछ को भन्न सक्तछ ?

जुनसुकै खोल्नुहोस् धारा, गन्हाउने चीज बग्दछ
मुहानमै छ फोहोर त्यत्रो, सफा को गर्न सक्तछ ?

त्रिपन्न वा अठासी होस्, धारा नम्बर जतिसुकै
सबैमा फिट मिटर उस्तै, मिटर को फेर्न सक्तछ ?

हरियो रातो मिटर फुस्रो, मिटर छन् रङ्ग-रङ्गका
यी रङ्गमध्ये गतिलो को ठोकेरै भन्न सक्तछ ?

मलाई पायक यो धारा छ, तँलाई पायक धारा त त्यो
सबैलाई उत्ति पायक, धारा को खोज्न सक्तछ ?

सक्कली, नक्कली साथै, अक्कली, डेढ-अक्कली
धारालाई मेचको लोभ, छैन को भन्न सक्तछ ?

०००
बत्तिसपुतली, काठमाडाैं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Rosani Karmacharya
Rosani Karmacharya
1 year ago

Sarkarle khane pamiko dhara jadan garyo pani naaune aar pani asudda.
Tedtai sambidhanko dhara pani kam nalagne je lekheko var oani pruohma naaune. So sabai dharabata fohar niskane hunalr janata pani nirami desh pani. Netaharu nai fohari pani hun k garne janata tamasa herimatrs rahanr. Marne ta janata nai ho. Shanti desh nrpalko khabar. Sabko mangal hos.

Nepal Telecom ad
1
0
Would love your thoughts, please comment.x
()
x