साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आउनोस्, भ्रष्टाचार गरौँ

ठुल्ठूला सिद्धान्त छाँटौँ अनि भ्रष्टाचार गरौँ एक्लै भए थोरै गर्न सकिन्छ थोरै गरौँ सङ्गठित भए बढी गर्न सकिन्छ बढी गरौँ जति सकिन्छ त्यति गरौँ आउनोस् आउनोस् भ्रष्टाचार गरौँ !

Nepal Telecom ad

चट्याङ मास्टर :

भ्रष्टाचार त यस्तरी फैलिएछ,
मानिसको यो कामको सिको अब कुकुरले पनि गर्न थालेछ ।
तीन महिनाजति भएको थियो खडेरी परेको,
कुकुरले त खुट्टो उचालेर
रूखको फेदसँग घुस माग्न थालेछ ।

रूख भन्ने– फलफूल छ दिन्छु, पैसा छैन ।
कुकुर धाक दिने– मलाई खुट्टो उचाल्न के अरू ठाउँ छैन ?
कुकुरले जे सित्तै गर्नैपर्छ आखिर ठाडो ढुङ्गामा गएर ग¥यो ।
मर्न नपर्ने फलदायी रूख पनि भ्रष्टाचार सफल नभएर सुकेरै म¥यो ।
भ्रष्टाचारले यस्तो नगर्नु ग¥यो ।

भ्रष्टाचार गर्नुहुँदैन ।
मैले यो भनेको दिनदेखि छोरो स्कुल जान मान्दैन ।
भन्छ– भ्रष्टाचार त पढेलेखेकाले गर्ने काम हो,
अशिक्षितले त गर्छु भने पनि मौका नै पाउँदैन ।
जब भ्रष्टाचार गर्नु नै छैन भने स्कुल जानु पनि पर्दैन ।
यस्तो शक्तिशाली तर्कपूर्ण हुन्छ भ्रष्टाचार !
नयाँ साइकल (घुस) दिन्छु भनेको दिनदेखि,
छोरो फटाफट स्कुल जान्छ, जा भन्नैपर्दैन, ढिलो गर्दैन ।

भ्रष्ट एक भ्रष्ट दुई भ्रष्ट तीनले पनि पुग्दैन,
लिने, दिने, मिलाउने र जोगाउने भ्रष्टाचार नभई भ्रष्टाचार हुँदैन ।
चार–चारजना पढेलेखेका मानिस मिलेर गरेको कामलाई,
कुनै आयोगको नियुक्तिपत्र नलिएकाले
भ्रष्टाचार भएको हो भन्न मिल्दैन ।

सप्पैलाई थाहा छ को–को भ्रष्टाचारी हुन्, तर भन्न मिल्दैन,
आसले पनि भन्न मिलेन, त्रासले पनि भन्न मिल्दैन,
अर्काले घुस खायो भन्नेले आफू घुस खाने मौका पाउँदैन ।
भनिहाल्यो भने खाने मौका त गुमाउँछ–गुमाउँछ,
आफू खुवाउनेहरूको पङ्क्तिमा सामेल नभई सुख पाउँदैन ।
चार–चारजना पढेलेखेका मानिस मिलेर गरेको कामलाई
बिनासरकारी अधिकार कसैले भ्रष्टाचार भन्न त मिल्दै मिल्दैन ।

भ्रष्टाचार रोक्न सक्ने जम्मा तीनजना –
शिक्षक, बाउ र आमा ।
शिक्षकलाई राजनीतिले भ्यायो,
बाउलाई धन कमाउने धुनले खायो,
आमालाई बजारले लोभ्याएपछि,
कसैले भ्रष्टाचार गर्दिनँ भन्न पायो ?

घुस दिनेले आफ्नो लाभ देखेरै दिने हो ।
घुस लिनेले दिनेलाई हुने लाभबाट नै लाभ लिने हो ।
दुई पक्षको लाभालाभको सम्बन्धबाट लाभान्वित हुन,
तेस्रो पक्ष भ्रष्टाचार निवारणवाला आएको हो ।
चौथो लाभान्वित पक्षले यी पङ्क्तिहरू कोर्दाको मजा लिइरहेको छ,
तपाईं पाँचौँ पक्ष यो पढ्नुको स्वादबाट लाभान्वित हुँदै हुनुहुन्छ ।
एक लेनदेनबाट पाँच–पाँच पक्ष लाभान्वित हुने,
घुसबाहेक अरू के कुनै लेनदेन हुन सक्छ ?

आखिर यो देश र समाजका लागि केही गर्नैपर्छ
त्यसैले आउनुहोस् पढौँलेखौँ विद्वान् बनौँ,
ठुल्ठूला सिद्धान्त छाँटौँ अनि भ्रष्टाचार गरौँ
एक्लै भए थोरै गर्न सकिन्छ थोरै गरौँ
सङ्गठित भए बढी गर्न सकिन्छ बढी गरौँ
जति सकिन्छ त्यति गरौँ
आउनोस् आउनोस् भ्रष्टाचार गरौँ !

०००
काठमाडाैं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Ishwor Pokharel
Ishwor Pokharel
12 days ago

आखिर यो देश र समाजका लागि केही गर्नैपर्छ
त्यसैले आउनुहोस् पढौँलेखौँ विद्वान् बनौँ,
ठुल्ठूला सिद्धान्त छाँटौँ अनि भ्रष्टाचार गरौँ
एक्लै भए थोरै गर्न सकिन्छ थोरै गरौँ
सङ्गठित भए बढी गर्न सकिन्छ बढी गरौँ
जति सकिन्छ त्यति गरौँ
आउनोस् आउनोस् भ्रष्टाचार गरौँ !   W0W!

Nepal Telecom ad
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
नाता र नेता

नाता र नेता

चट्याङ मास्टर
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
नाता र नेता

नाता र नेता

चट्याङ मास्टर
1
0
Would love your thoughts, please comment.x
()
x