चट्याङ मास्टरसरर्रर कार
सरकार यस्तो द्रुत गतिमा अघि बढ्दैछ तस्करी, अपहरण, हत्या आदि त पछाडि पर्दैछ पैदल हिँडेर देश अगाडि बढाउन सक्दै सकिन्न नि त्यसैले त भारतको पानीजहाज र चीनको रेल पर्खेको पर्ख्यै छ ।

चट्याङ मास्टर :
सरकारले अब कसैलाई
भ्रष्टाचार गर्नै दिँदैन
भ्याएजत्ति भ्रष्टाचार उ आफैं गर्छ,
एउटा छोड्दैन
सरकार बाहिर बसेर किन गर्नुपर्यो भ्रष्टाचार ?
सोझै सरकारसँग हातेमालो गरे हुँदैन ?
देश त अब आर्थिक समृद्धितर्फ
लम्की सकेको छ
करोडौं करोडको त गाडी मात्रै किनिसकिएको छ
नेता र जनता गरी
दुई थरी मानिस छन् देशमा
नेता जति सम्बृद्ध भै सके अब जनता मात्रै त बाँकी छ ।
पूरै सिस्टेम्याटिक वैज्ञानिक ढंगले देश चलाउँदै छ सरकार
त्यसैले त दिनहुँ अनुसन्धानमा करोडौं खर्च गरेको गरै छ
अरूका अनुसन्धानले नयाँ ग्रह वा सिद्धान्त पत्ता लगाउँछन्
हाम्रा अनुसन्धानले अपराधी खोजेको खोज्यै छ ।
दुइतिहाइको सरकार यस्तो द्रुत गतिमा अघि बढ्दैछ
तस्करी, अपहरण,
हत्या आदि त पछाडि पर्दैछ
पैदल हिँडेर देश अगाडि बढाउन सक्दै सकिन्न नि
त्यसैले त भारतको पानीजहाज र चीनको रेल पर्खेको पर्ख्यै छ ।
सरकारले अब सबै सिन्डिकेट खारेज गर्छ
पार्टीहरूको सिन्डिकेट सरकार हुँदाहुँदै
अरुथरिको सिन्डिकेट किन आवश्यक पर्छ ?
०००
बत्तिसपुतली, काठमाडाैं


































“…नेता र जनता गरी
दुई थरी मानिस छन् देशमा
नेता जति सम्बृद्ध भै सके अब जनता मात्रै त बाँकी छ ।…” यति चै कुनै गजलमा पनि आएको थियो यसमा पनि आएछ ।
यो त्यो गजल र यो कविता दुबै पढेको प्रमाण भनौं न ! हा… हा…