साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पैतालो उड्न सक्दैन

भोटै जाबो त कति हालियो हालियो जिन्दगीमा दिन नै गइयो लिन केहि पाइएन एउटा भोट खसालेर यिनलाई मालिक बनाउनु भन्दा अर्को चुनावमा अब आफैं उठ्ने हो, यसपाली त भ्याइएन !

Nepal Telecom ad

चट्याङ मास्टर :

माओवादी त क्रान्तिकारी पार्टी,
उसले हार्ने मिल्दैन
प्रपा, जपा जति पापा छन्
सबले मिठै पापा पाउँछन्,
न देश उठ्यो न जनता उठे,
यिनले लोप्पा पाउँछन् ।

उठ्नेले मात्रै चुनाव जित्न सक्छ,
न उठ्नेले जित्दैन
पार्टी उठे, नेता उठे,
जनता उठ्दै उठ्दैन
जित्नेले हार्नेलाई किन वास्ता गर्नु ?
चुनाव जसले जिते पनि
जनतालाई फरक पर्दैन।

जसले जे परिवर्तन ल्यायो,
उसैले पकायो पस्क्यो खायो
सुतीसुती मलाई ख्वाइदेओ भन्नेले
कहिले के पाउँछ र के पायो ?
धुलो बनेर बाटोमा छरिए पछि
सबै पैतालाहरुले कुल्चन्छन्

अब त उठ र उड हे
पाइताला मुनिका धुला हरु हो !
हुरीको मौसम आयो।
हे पाइताला मुनिका
धुलाका कणहरु हो !
मिलेर उडेर सूर्यलाई छेक्न सक्छौ
ठूलाठूला रुख जंगलै छोप्न सक्छौ
आँखामा परेर पैताला रोक्न सक्छौ

उठ र उड हे पाइताला मुनिका
धुलाका कणहरु हो !
पैताला पो उड्न सक्दैन
तिम त उड्न सक्छौ
भोटै जाबो त कति हालियो हालियो
जिन्दगीमा
दिन नै गइयो लिन केहि पाइएन
एउटा भोट खसालेर यिनलाई
मालिक बनाउनु भन्दा
अर्को चुनावमा अब आफैं उठ्ने हो,
यसपाली त भ्याइएन !

०००
बत्तिसपुतली, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
नाता र नेता

नाता र नेता

चट्याङ मास्टर
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
नाता र नेता

नाता र नेता

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x