साइबर अपराध सम्बन्धी सचेतना सामग्री

समृद्ध नेपालतर्फ पाँच पाइला

दुई तिहाईको सरकार यस्तो द्रुत गतिमा अगाडि बढ्दै छ तस्करी, अपहरण, हत्या आदि त पछाडि पर्दै छ पैदल हिँडेर देश अगाडि बढ्न सक्दै सक्दैन नि त्यसैले त भारतको पानि जहाज र चीनको रेल खोज्दै छ ।

Nepal Telecom ad

चट्याङ मास्टर :

सरकारले अब कसैलाई भ्रष्टाचार गर्नै दिंदैन
दुई तिहाईको यस्तो बलियो सरकार छ,
भएजत्ति भ्रष्टाचार त अब उ आफै गर्न सक्षम छ
भ्रष्टाचार त अब अरुले गर्नै पर्दैन !!

सरकारले अब सबै सिण्डिकेट खारेज गर्छ
सिन्डिकेट जन्माउने सबै दलहरु सत्तामा पुगिसकेपछि
सरकार नै दलहरुको सिन्डिकेटले चलाउने भइसकेपछि
अरुथरिको सिन्डिकेट किन आवश्यक पर्छ ?

देश त अब आर्थिक समृद्धितर्फ लम्किसकेको छ
समृद्धिको लक्ष्य पचास प्रतिसत हासिल भइसकेको छ
नेता र जनता गरी दुई थरी मानिस छन् देशमा
नेता जति सम्मृद्ध भै सके अब जनता मात्रै त बाँकी छ

पुरै वैज्ञानिक ढंगले देश चलाउँदै छ सरकार
त्यसैले त दिनहुँ अनुसन्धानमा करोडौ‌ खर्च गरेको गर्यै छ
अरुका अनुसन्धानले नयाँ ग्रह या सिद्धान्त पत्ता लगाउँथे
सरकारको अनुसन्धानले अपराधी बेपत्ता पारेको पार्यै छ ।

दुई तिहाईको सरकार यस्तो द्रुत गतिमा अगाडि बढ्दै छ
तस्करी, अपहरण, हत्या आदि त पछाडि पर्दै छ
पैदल हिँडेर देश अगाडि बढ्न सक्दै सक्दैन नि
त्यसैले त भारतको पानि जहाज र चीनको रेल खोज्दै छ ।

०००
रचनाकाल : २०७५ साल
बत्तिसपुतली, काठमाडाैं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Ishwor Pokharel
Ishwor Pokharel
3 months ago

….देश त अब आर्थिक समृद्धितर्फ लम्किसकेको छ
समृद्धिको लक्ष्य पचास प्रतिसत हासिल भइसकेको छ
नेता र जनता गरी दुई थरी मानिस छन् देशमा
नेता जति सम्मृद्ध भै सके अब जनता मात्रै त बाँकी छ….गज्जब! गज्जब!!

Nepal Telecom ad
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
नाता र नेता

नाता र नेता

चट्याङ मास्टर
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
नाता र नेता

नाता र नेता

चट्याङ मास्टर
1
0
Would love your thoughts, please comment.x
()
x