साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राजनीतिका बनियाँ

जनतालाई फेरि ठग्ने क्रम सुरु भएको छ। र जब जनतालाई आफू ठगिएको थाहा पाउने छन्, त्यसबेलासम्म देश बर्बाद भइसकेको हुनेछ र ती राजनीतिका बनियाँहरू देश छोडेर उडिसकेका हुनेछन्।

Nepal Telecom ad

सुभाषचन्द्र देवकाेटा :

एकादेशमा,
एउटा फलफूलको व्यापारी बनियाँ मरेर स्वर्ग पुगेछ।
स्वर्गको सुन्दरता देखेर ऊ अचम्मित भयो।
जताततै लटरम्म पाकेका, रसिला र गुलिया फलले भरिएका रुखहरू।
न त मूल्य थियो, न त मोलतोल।
जसलाई जे मन लाग्यो, टिप्यो—खायो।
न किन्नु पर्ने, न कसैसँग सोध्नु पर्ने।
बनियाँ केहीबेर दंग पर्‍यो।
उसले सोच्यो—
“यहाँ त पाकेका, गुलिया फलफूलको व्यापारै नहुने रहेछ।
सबै निःशुल्क छन्।
तर काँचो, अमिलो, टर्रो फलफूलको त स्वाद
स्वर्गका मान्छेले चाखेकै छैनन् होला।
त्यही बेच्न पाए मालामाल भइन्छ!”
यही सोच्दै उसले स्वर्गकै चौबाटोमा एउटा दोकान थाप्यो—
पाकेका होइन,
काँचो, अमिलो, टर्रो फलफूलको दोकान।
दोकान अघि उभिएर ऊ चर्को स्वरमा कराउन थाल्यो—
“आउनुहोस् ! आउनुहोस् !
स्वर्गमै पहिलो पटक— अनौठो स्वाद !
टर्रो, अमिलो काँचो फलफूल !
स्वर्गमै नपाइने नौलो स्वाद !”
गुलिया फल खान बानी परेका स्वर्गका बासिन्दाहरूलाई जिज्ञासा जाग्यो।
“अमिलो र टर्रो स्वाद कस्तो होला ?”
हेर्दाहेर्दै बनियाँको दोकानमा भीड लाग्यो।
एकैछिनमै दोकान रित्तियो।
बनियाँको थैली भने पैसाले भरियो।
स्वर्गका मानिसहरूले घर पुगेर जब ती फल खाए,
त्यसबेला थाहा पाए—
अमिलो, टर्रो स्वाद कस्तो हुँदोरहेछ
काँचो फल खाएर उनीहरू र उनका बालबच्चाहरू बिरामी पर्न थाले ।
अनी उनीहरूले बुझे —
“हैट !
स्वर्ग आइपुगेर पनि बनियाले ठगेछ !”
रिसले चुर भएका स्वर्गका बासिन्दाहरू
भोलिपल्ट बिहानै फलफूल फिर्ता गर्न ठग दोकानमा पुगे।
तर त्यहाँ
न दोकान थियो,
न बनियाँ।
बनियाँ त पैसा लिएर कुलेलम ठोकिसकेको रहेछ।
स्वर्गका मान्छेहरूलाई आफू ठगिएको सत्य थाहा भयो।
तर सत्य थाहा पाउँदासम्म धेरै ढिलो भइसकेको थियो।
आज नेपालको राजनीतिमा पनि
यस्तै बनियाँहरूको प्रवेश भएको छ।
जसले स्वर्गको सपना देखाएर
सोझा नेपालीलाई
अमिलो, टर्रो भविष्य बेचिरहेका छन्।
जनतालाई फेरि ठग्ने क्रम सुरु भएको छ।
र जब जनतालाई आफू ठगिएको थाहा पाउने छन्,
त्यसबेलासम्म
देश बर्बाद भइसकेको हुनेछ
र ती राजनीतिका बनियाँहरू
देश छोडेर
उडिसकेका हुनेछन्।

०००
गाेरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
भन्… नयाँ वर्ष त किन आइस् ?

भन्… नयाँ वर्ष त...

सुभाषचन्द्र देवकाेटा
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x