साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आधा सत्य, आधा भ्रम – ४३

आफ्नी छोरी चंगासहित पुगेका नानीका बाले सो मेसिन उद्घाटन गर्दै त्यस्तो मौका दिएकोमा धन्यवाद ज्ञापन गरे। अन्त्यमा अलिकति बाटाखर्च र केही लेडिज ब्याग (छोरी चंगाका लागि) दिन अनुरोधसमेत गरे।

Nepal Telecom ad

अर्जुन दाहाल  (क)

रोटी–बेटीको सम्बन्ध भएको देश भारतले नेपालको तीन दिशा घेरेको छ। पूर्व फर्के पनि, पश्चिम टोलाए पनि, दक्षिण झरे पनि उही भारत। नेपालको तीन दिशा भारतीय भूभागले घेरे पनि नेपालका धेरै नेताहरूको चारै दिशा भारतीयहरूले घेरेको चर्चा हुने गर्छ।

भर्खरै नानीका बा भारत पुगेकै बेला “आँ” गर्दै आलु भाउजू पनि खुत्रुक्क पुगिहालिन्। मालिकले निर्देशन दिएको कुरा अलिक पुरानो भयो भने ताजा बनाउन नेपाली नेता उतै लागिहाल्छन्। तर यस पटक भने नानीका बा भारत जानुको विशेष कारण थियो। जुठा भाँडा माझ्ने एउटा सानो “डिसवाशर मेसिन”को उद्घाटन गर्न भारत बोलाइएको रहेछ। आफ्नी छोरी चंगासहित पुगेका नानीका बाले सो मेसिन उद्घाटन गर्दै त्यस्तो मौका दिएकोमा धन्यवाद ज्ञापन गरे। अन्त्यमा अलिकति बाटाखर्च र केही लेडिज ब्याग (छोरी चंगाका लागि) दिन अनुरोधसमेत गरे।

आलु भाउजूले चाहिँ मोदीको भ्याकेसन हाउस सफा गर्ने कर्मचारीसँग उच्चस्तरीय बैठक गर्दै विभिन्न विषयमा ध्यानाकर्षण गराउनुभयो। उहाँले आफ्नो परराष्ट्र मन्त्री हुँदा जापान पुग्ने इच्छा पूरा गर्न नपाएकोले फेरि मन्त्री बनाउन सहयोग गरिदिन आग्रह गर्नुभएको थियो।

सोही समयमा राष्ट्रिय स्वाहा पार्टीका भावी अर्थमन्त्री पायल्सको बिरामीले च्यापेर उतै भारत पुगेका थिए। त्यही मौका पारेर जनतालाई झुक्याउन सकिने विविध उपायबारे भारतीय ठगहरूसँग उहाँको कुराकानी भएको बुझिएको छ।

जे होस्, भारत जान–आउन सहज भएकाले भारतीयहरूले नेपाली नेतालाई अराइ–पराइ गर्न धेरै दुःख गर्न पर्दैन। एक सामान्य कर्मचारीलाई राति बाह्र बजे पनि भेट्न आतुर प्रधानमन्त्री भएको छिमेकी देश नेपालले भारतलाई धेरै गुन लगाएको छ।

०००
व्यङ्ग्य लेखक दाहाल नुन–चिनी–पानी अमेरिकाका परिकल्पनाकार हुन् ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अबसुखीकरण कार्यक्रम:

अबसुखीकरण कार्यक्रम:

अर्जुन दाहाल (क)
बाजी:

बाजी:

अर्जुन दाहाल (क)
अन्तिम अस्त्र

अन्तिम अस्त्र

अर्जुन दाहाल (क)
आधा सत्य : आधा भ्रम- ५०

आधा सत्य : आधा...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम- ४९

आधा सत्य, आधा भ्रम-...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम – ४८

आधा सत्य, आधा भ्रम...

अर्जुन दाहाल (क)
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
0
Would love your thoughts, please comment.x
()
x