साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कालाे छ बत्तीमुनि

आफ्नै देश र भेष उच्च नबने,बन्दैन माटाे पनि । साथी हाे अब खाेज सत्य पथकाे,यात्रा कता हाे भनी। खाेजी गर्नु छ सत्य याे मुलुकमा,आजात बन्ने दिन । साझा हाे धरती भनेर मनले, निर्लिप्त बाँच्ने मन

Nepal Telecom ad

भिम पाैडेल घाँसे :

पीडा दौलतकाे छ याे धन कतै, खाला कि बेमानले
दु:खीका मनमा छ पीर जहिल्यै, छाक् टारुँ केले भरे।
एकैदेह छ पीरका रङथरी, के सभ्य खै मानिस
धर्ती याे सबकाे विभेद गहिराे, तादात्म्य काे ढाडस।१।

बाेल्छन् ज्ञान र ध्यान धार्मिक बनी, कालाे छ वत्ती मुनि
केकाे शान्ति भनौ अशान्ति जनमा, संगै छ दागा खुनी।
आँखा भल्भल याचना छ बवुरा ! सुन्दैन सुन्ने मन
सानाकाे रति मूल्य छैन घरमा, हेर्दैन हेर्ने जन।२।

साँढेकाे छ जुधाइ हार जितकाे, के शान्ति वाछा भन
बाठा हट् हट गर्दछन् सिङ दली, लाटा उहीँ जीवन।
आत्मा हेर स्वछन्द छैन समता, लेठाे छ जन्जालकाे
खेल्दै काल सँगै छ नित्य पसिना, दासी छ मौलानकाे।३

आफ्नै देश र भेष उच्च नबने, बन्दैन माटाे पनि
साथी हाे अब खाेज सत्य पथकाे,यात्रा कता हाे भनी।
खाेजी गर्नु छ सत्य याे मुलुकमा,आजात बन्ने दिन
साझा हाे धरती भनेर मनले, निर्लिप्त बाँच्ने मन।४।

०००
उदयपुर

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Santosh Kumar pokharel
Santosh Kumar pokharel
4 months ago

Nice poem.

Khatiwada Harisharan
Khatiwada Harisharan
4 months ago

अत्यन्त सुन्दर सिर्जना!
बधाई छ दाइ।

Nepal Telecom ad
न्यायको भाटा

न्यायको भाटा

भिम पौडेल ‘घाँसे’
कलम र प्रतिभा

कलम र प्रतिभा

भिम पौडेल ‘घाँसे’
बा नै सन्ततिका निमित्त शिर हुन्

बा नै सन्ततिका निमित्त...

भिम पौडेल ‘घाँसे’
वृद्ध आवाज

वृद्ध आवाज

भिम पौडेल ‘घाँसे’
बुढ्याैलीका कुरा

बुढ्याैलीका कुरा

भिम पौडेल ‘घाँसे’
जाग्राम

जाग्राम

भिम पौडेल ‘घाँसे’
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
2
0
Would love your thoughts, please comment.x
()
x