भिम पौडेल ‘घाँसे’कालाे छ बत्तीमुनि
आफ्नै देश र भेष उच्च नबने,बन्दैन माटाे पनि । साथी हाे अब खाेज सत्य पथकाे,यात्रा कता हाे भनी। खाेजी गर्नु छ सत्य याे मुलुकमा,आजात बन्ने दिन । साझा हाे धरती भनेर मनले, निर्लिप्त बाँच्ने मन

भिम पाैडेल घाँसे :
पीडा दौलतकाे छ याे धन कतै, खाला कि बेमानले
दु:खीका मनमा छ पीर जहिल्यै, छाक् टारुँ केले भरे।
एकैदेह छ पीरका रङथरी, के सभ्य खै मानिस
धर्ती याे सबकाे विभेद गहिराे, तादात्म्य काे ढाडस।१।
बाेल्छन् ज्ञान र ध्यान धार्मिक बनी, कालाे छ वत्ती मुनि
केकाे शान्ति भनौ अशान्ति जनमा, संगै छ दागा खुनी।
आँखा भल्भल याचना छ बवुरा ! सुन्दैन सुन्ने मन
सानाकाे रति मूल्य छैन घरमा, हेर्दैन हेर्ने जन।२।
साँढेकाे छ जुधाइ हार जितकाे, के शान्ति वाछा भन
बाठा हट् हट गर्दछन् सिङ दली, लाटा उहीँ जीवन।
आत्मा हेर स्वछन्द छैन समता, लेठाे छ जन्जालकाे
खेल्दै काल सँगै छ नित्य पसिना, दासी छ मौलानकाे।३
आफ्नै देश र भेष उच्च नबने, बन्दैन माटाे पनि
साथी हाे अब खाेज सत्य पथकाे,यात्रा कता हाे भनी।
खाेजी गर्नु छ सत्य याे मुलुकमा,आजात बन्ने दिन
साझा हाे धरती भनेर मनले, निर्लिप्त बाँच्ने मन।४।
०००
उदयपुर










































Nice poem.
अत्यन्त सुन्दर सिर्जना!
बधाई छ दाइ।