साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जाग्राम

चेलाचेली बिलखबन्दमा परेको देखेर गुरुले थपे; "याे नाथेले मेराे डायरी चाेरेर पढेछ र घ्वाँर-घ्वाँर-उफ् गरेर जाग्राम बस्ने मन्त्र सिकेछ ।"

Nepal Telecom ad

भीम पौडेल घाँसे :

“शुभकार्य पछि रातभरी सुत्नु हुँदैन । नत्र फल पाइँदैन ।” बेलुकी पख यज्ञ सम्पन्न भएपछि गुरुका मुखरावृन्दबाट उर्दी भयाे ।

चेलाचेलीहरू मुखामुख गर्न थाले । मौकामा चौका हान्दै गुरुले थपे; “यज्ञकाे फल प्राप्त गर्न भजन गायन गरेर रात नसुती उतार्नुपर्छ।”

गुरुकाे आज्ञाबमाेजिम सबै जना जाग्राम बस्न तयार भए । तत्कालै एउटा चेलाले प्रश्न गर्यो- “हामी चेलाहरू मात्र कि गुरु पनि बस्नुपर्छ ?”

प्रश्न मात्रै हावामा बिलायो । त्यसले जवाफ भेटेन ।

त्यसपछि रात्रीकालीन जाग्राम सुरु हुनुपूर्व गुरुले फेरि भने- “सुन चेलाचेली हाे ! जो एक निमेष पनि सुत्छ; उसले फेरि अर्काे रात एक्लै जाग्रम बस्नैपर्छ । नत्र फल शून्य हुन्छ ।”

सबै माला गनेर र निर्गुण भजन गाएर समय बिताउन थाले। जसाे जसाे गुरुले गर्छन् , साेहीसाेही कार्य गर्दै पछ्याउने क्रम चल्दै थियो ।

रातिको ११ बजे गुरुका मुखबाट आवाज निस्कन छाेड्दा गुरु उँघेछन् क्यारे भन्ने लागेर एक चेलोले घच्घच्यायाे ।

“अब मेराे सुतेर जाग्राम बस्ने मन्त्र आइसक्याे । तिमीहरूले चाहिँ यथास्थानमै भजन गरिरहनू ।” यति बाेलेर गुरु सलक्क खुट्टा तेर्स्याएर घ्वाँर- घ्वाँर उफ् गर्न थाले ।

एउटा छट्टु चेलाले थाहा पाएर भन्याे- “त्याे मन्त्र मैले पनि लिइसकेकाे छु । अब म पनि गुरुकै आशनबाट जाग्रम बस्छु ।”

ऊ पनि गुरुजस्तै गर्न थाल्यो । गुरु उठ्नु अगावै छट्टु चेलो उठिसकेको थियो । उसको उजुरी गर्दै अन्यले भने; “यसलाई भरे राती एक्लै जाग्राम राख्नैपर्छ ।”

गुरुले एकछिन घाेरिएर भने- “यस छट्टुलाई छाडिदेओ ।”

चेलाचेली बिलखबन्दमा परेको देखेर गुरुले थपे; “याे नाथेले मेराे डायरी चाेरेर पढेछ र घ्वाँर-घ्वाँर-उफ् गरेर जाग्राम बस्ने मन्त्र सिकेछ ।”

०००
२०८०-०७-२१
कटारी, उदयपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कलम र प्रतिभा

कलम र प्रतिभा

भिम पौडेल ‘घाँसे’
बा नै सन्ततिका निमित्त शिर हुन्

बा नै सन्ततिका निमित्त...

भिम पौडेल ‘घाँसे’
कालाे छ बत्तीमुनि

कालाे छ बत्तीमुनि

भिम पौडेल ‘घाँसे’
वृद्ध आवाज

वृद्ध आवाज

भिम पौडेल ‘घाँसे’
बुढ्याैलीका कुरा

बुढ्याैलीका कुरा

भिम पौडेल ‘घाँसे’
मेहंदी

मेहंदी

भिम पौडेल ‘घाँसे’
दादागिरी

दादागिरी

विश्व विनोद
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
0
Would love your thoughts, please comment.x
()
x