साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सन्दर्भ – कुमार स्मृति प्रतिष्ठान, रचना वाचन र स्रष्टासम्मान

कुमार स्मृति प्रतिष्ठान मिरिकको आयोजना रहेको सो कार्यक्रममा नेपाल तथा भारतका विभिन्न ठाउँ - सिक्किम, दार्जिलिङ र सिडिगुडीका स्रष्टाहरूको उपस्थिति रहेको थियो । पीएल जोशीको र अध्यक्षता युवराज काफ्ले प्रमुख आतिथ्यसँगै उर्मिला घिसिङ, ग्याल्बो लामा, नदी भट्टराई, शीला लामा, राजबहादुर राई, कमला तामाङ, तेजमान बराइली, डा.सुकराज दीयाली लगायतकाे आतिथ्यता रहेकाे थियाे ।

Nepal Telecom ad

मिरिक / ९ नोभेम्बर २०२३ अर्थात् २३ कात्तिक २०८० बिहीवारका दिन भारतीय भूगोलको मिरिक नगरपालिका अन्तर्गत व्लूलगुन होटलको सभा हलमा एउटा भव्य साहित्यिक कार्यक्रम सम्पन्न भयो ।

कुमार स्मृति प्रतिष्ठान मिरिकको आयोजना रहेको सो कार्यक्रममा नेपाल तथा भारतका विभिन्न ठाउँ – सिक्किम, दार्जिलिङ र सिडिगुडीका स्रष्टाहरूको उपस्थिति रहेको थियो । पीएल जोशीको र अध्यक्षता युवराज काफ्ले प्रमुख आतिथ्यसँगै उर्मिला घिसिङ, ग्याल्बो लामा, नदी भट्टराई, शीला लामा, राजबहादुर राई, कमला तामाङ, तेजमान बराइली, डा.सुकराज दीयाली, अमर दुङ्माली र पूर्ण वान्तवा आदि स्रष्टाहरूले विशिष्ट आतिथिको स्थान ग्रहण गरेका थिए ।

कार्यक्रममा सहभागी स्थानीय तथा आमन्त्रित अतिथिहरूलाई खदार्पणको साथै स्वागत मन्तव्यपश्चात ज्ञातअज्ञात स्रष्टाहरू मालती थापा, माया हिङमाङ र गायक दीपेन गुरुङलगायतको नाममा करिब दुई मिनट मौनधारण गरिएको थियो । त्यसपछि कार्यक्रमलाई औपचारिक रूप दिन दिवंगत व्यक्तित्व कुमार रसाइलीको तस्विरमा फूल अर्पणसहित मैन बत्ती बालेर मञ्चासिन अतिथिहरूबाट विधिवत रूपमा उद्घाटन गरिएको थियो ।

कार्यक्रमलाई रोचक बनाउन रचना वाचन पनि गरिएको थियो । रचना वाचन गर्नैहरूमा -विजया मुखिया, डा.कमला तामाङ, मुस्कान राई खेसहाङ, नदी भट्टराई, नगिता लेप्चा राई, जीके शर्मा, रञ्जित गुरुङ, जुक्तिमान राई, सवीर दिलपाली, दिवाकर ढुङ्गेल, जिनर घतानी, अर्जुन प्रधान, बुकछिरिङ लेप्चा, शरद सुब्बा र दीपेन्द्र आचार्य रहेका थिए ।

त्यसैगरी तेस्रो कुमार स्मृति साहित्यिक पत्रकारिता पुरस्कारद्वारा स्रष्टा विष्णुकुमार बराइलीलाई सम्मानित गरिएको थियो । साहित्यिक पत्रिकाको अनवरत प्रकाशन गरेर समाजमा साहित्यिक गतिविधि तीब्र रूपमा गरेवापत् उनलाई खदामाला, नेपाली ढाका टोपी, प्रमाण-पत्र र नगदसहित सम्मान गरिएको हो ।

यसैबिचमा मिरिककी अन्तर्मुखी नारी स्रष्टा मूलतः आख्यानकार राधा रसाइलीकृत पहिलो उपन्यास ‘बदलिँदो समाज’ को तेस्रो संस्करण विमोचन भएको थियो । यो पुस्तकको बारे तेजमान बराइलीले बोलेका थिए भने कार्यक्रम व्यावस्थापनमा सहयोग गरेवापत् सहयोगी डिगम गोलेलाई समामानसहित स्मृति चिन्ह प्रदान गरिएको थियो ।साथमा आवरण सज्जाको निम्ति अभिषेक ब्राम्हीणलाई पनि सम्मान गरिएको थियो ।

यसै क्रममा विभिन्न मन्तव्यहरू पनि भएका थिए जसमा कार्यक्रम प्रायोजन गर्नुहुने आख्यानकार राधा रसाइली, प्रमुख अतिथि युवराज काफ्ले र कार्यक्रम निर्देशक कुष्ण प्रधान रहेका थिए । युवराज काफ्लेले लोकार्पित कृतिको छोटकरी भनाइ राखेका थिए भने निर्देशक कृष्ण प्रधानले राधा रसाइलीकृत उपन्यासलाई शोधार्थीसम्म पुर्याउनुपर्ने र दलितको आवाजलाई मुखरित गर्नुपर्नेमा जोड दिएका थिए ।

थप भनाइमा राधा रसाइली छोपिएको हीरा भएकाले ज-जसले वहाँको कृति पढ्नुहुन्छ वहाँहरूले अनिवार्य रूपमा आफ्ना पाठकीय मन्तव्यसमेत आफ्ना सञ्जालमा सम्प्रेषण गरिदिन आग्रह पनि गरेका थिए जसको थोरै सहयोगले राधा रसाइलीकृत कृतिहरूको मूलभूत तत्त्वज्ञान जिज्ञासु सबै सिर्जनशील पाठक वा विद्वान् विदुषीसम्म पुगुन् भन्ने आशय व्यक्त गरेका थिए ।

स्रष्टा र द्रष्टा कृष्ण प्रधान निदेशक, पीएल जोशी अध्यक्ष, कधाकार दीप प्रधान संयोजक, कुमार रसाइली प्रतिष्ठान मिरिक आयोजक तथा आख्यानकार राधा रसाइली प्रायोजिका रमीकुमार योञ्जनको स्वागत तथा औचित्य मन्तव्य रहेको कार्यक्रममा स्रष्टा दीप प्रधानको सहजीकरण रहेको थियो ।

०००
फित्कौली डटकमका लागि मेची प्रतिनिधि नदी भट्टराई

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x