सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मेहंदी

लाई त यो मेहंदी रङ ठूलै शंका र परिवन्धको महारोग लाग्यो । प्राकृतिक स्वच्छतालाई कृतिम बनाएर शान दिनुपर्ने । सारा निमुखा सरल प्राणीले कसैको तारतम्यको चंगुलमा फस्नू पर्ने ।

Nepal Telecom ad

आफ्नाे  पहाडी गाउँघरलाई शून्य बनाएर रोजी रोटी खोज्दै सहर पसेको सने, पोहोर सालको दशैंमा घरै आएन । दशैंमा छोराको अनुपस्थितिले उसकी बूढी आमालाई त्यो सालको दशैं नुन नलागेको तरकारी होकी, जस्तै लाग्यो । उनी भन्छिन्- “त्यो दशैं त मनमा खल्लो र निरश हुँदै सकियो । यसपालिको दशैंमा भने, आउँछ अरे सन्देशले बूढियाका मनमा खुशीका संचार चलेका छन् । उनको स्नेहको मूर्ति, एकमात्र छोरो प्रदेश लागेपछि मनमा कुहिरो लागिरहेको छ । यो दशैंले भेट गराउँछ अरे, “खबर” उनका लागि प्रतिक्षाको घडी नै बनेको छ ।

त्यसैले होला घटस्थापनादेखि नै उनका आँखा गल्छेडोतिर पर्खिरहेका छन् । दिन गन्दागन्दै फूलपाती पनि आयो । दशैंको प्रारम्भ र उमङ्ग गाउँघरमाा फूलपातीको रमझम शुरू भैसकेको थियो । बल्ल आज छोरीका मुखबाट शुभ खबर सुन्न पाइन्- “आमा ! दाजु आउँदै छ ।” यो सुनेर बूढी आमाका मनमा खुशीका अनुभूति चल्न थाले । त्यसैले होला ! उनका आँखा घरि न घरी तल बाटोतिरै दौडन्थे । विहानदेखि नै प्रतिक्षामा हतारिएका आँखाले बेलुकी पख देखिन- तल बाटोबाट एउटा मानिसको आकृति उकालो हिड्दै गरेका । उनी ढुक्क भइन्, पक्का पनि ! “उही हो” । छोरो नआई पुगुन्जेल दलानकै आँटीमा बसेर उनका आँखा र मन उतै पर्खिए । एउटा ठिटो पछाडि पिठ्ँयूमा ठूलो झोला बोकेको, अर्को हाते झोला हातमा झुड्याएको, नजिक नजिक उकालिदै थियो । बूढी आमाका आँखा एकतमासले तेतै थिए । हेर्दाहेर्दै ठिटो आँखाले ठम्याउँने दुरी मै आइपुग्यो । नजिकको आकृति दृष्यपछि बूढियाका मनमा निराशाले छायो । आफ्नै आँखाले प्रस्टै भन्यो- “यो त मेरो छोरा होइन” । तर त्यो ठिटो त सरासरी आफ्नो आगन हुँदै, दलान टेक्न पो आइपुग्यो । दलानमा उभिएर आफूतिर हेर्दै बोल्यो- “सन्चै छेउ आमा ?” आमा छक्क ! परिन् ।

ठिटोले हातमा झुन्ड्याएको झोला आमाका हातमा थमाउँदै, आफू पिठ्ँयूको झोला थन्क्याउँन कोठातिर पस्यो । आमा बूढीलाई अनौठो लागेर जिज्ञाशा बढ्यो । तत्कालै छोरी निरुलाई बोलाइन्- “निरू ! निरू !” निरू बोली- “हजूर !” पहिला यहाँ आइज त नानी ! आमाले भनिन् । छोरीलाई अगाडि देख्नसाथ प्रश्न गरिन्- “छोरी ! त्यो को हो ?” तैले चिनिस् ? छोरीले हाँस्दै भनी- “हाम्रो दाजु हो त” आमा, आमाले नचिनेको ? काहाँ हुनु दाजु, तेरो दाजुको केश त कालो थियो, तँलाई पनि त थाहा छ । आमाले यस्तो अज्ञानता बोध गरेको सम्झेर छोरीले फेरि हाँस्दै आप्mनै बोलीमा भनी- दाजुले रातो मेंदी लगाएर रातो केश भएको हो क्या आमा । बूढियाले चकित पर्दै भनिन्- “आपुइ ! कस्तो मेथि हुन्छ लौ ? केशै रातो हुने । अनि छोरीले बुुझाउँदै भनी- मेथि होइन क्या आमा ! मेंदी क्या मेंदी । कालो मेंदी, रातो, मेंदी, सेतो मेंदी, हरियो मेदी, खैरो मेंदी जस्तो पनि मेंदी बन्छ । बजार बजारमा किन्न पाइन्छ । छोरीका कुरा सुनेर बूढी आमाले थोते मुख नचाएर हाँस्तै भनिन्- “कस्तो छँदाछँदैको कालो केश रातो पार्न मन लागेको त मुर्कट्टालाई ।

त्यस्तै दूरदराजमा बसोबास गर्ने खम्बे पनि साथीहरूको लहैलहैमा लागेर सहर पसेछ । उसकी स्वास्नी घरमा एक्लै रहिछे । आप्mनी स्वास्नीलाई एक्लै पारेर सहरतिर कमाउँन पसेको खम्वे, सहरको वातावरणमा रङ्गिएर केही वर्षपछिमात्र आफ्ना घरतिर फर्किएछ । घरमा पुगेर स्वास्नीको नजिकै बसी ‘कानेखुसी’ गर्दा स्वास्नी तर्सेर कराउँदै वडा अध्यक्ष भएको ठाउँमा पुगिछे । पञ्चहरू भेला भएछन् । अध्यक्षले स्वास्नी चाँहिलाई नजिकै राखेर सोधेछन्- “नानी ! तिमीले आफ्नो लोग्ने चिनेर उजुर गरेकी कि, नचिनेर ?” उसले भट्भट्याउँदै भनिछे- “काहाँ मेरो लोग्ने हुनु र हजूर ! मेरो लोग्नेले त दौरा सुरुवाल टोपी लगाउँथे । हातखुट्टा पनि अलि बेग्लै खस्रा थिए । यी ता सर्ट पयन्ट लगाएका, जुल्फी काटेका, अनि केशै हरियो छ ।” हातखुट्टा पनि उस्तै कुलुक्क देख्छु । उसका कुरा सुनेर सबै गलल….हाँसे । कुराको मेसो सकियो । छिनमै हाँस्दै दुवै दम्पति आफ्ना घरभित्र पसे । पञ्चहरू नकाम भन्दै उठे ।

उल्लेखित घट्नाक्रमको दृष्य मेहंदीले जन्माएको करामत भयो । तर अदृष्य मेहंदीको घर्षण त झन् सर्वव्यापिनै छ । यो त भुसभित्र सल्किएको आगो झै, भित्रभित्रै ननिभ्ने गरी सबैका मनमा सल्किएको छ । यसको चपेटाबाट दुनियाँ आजित छन् । प्रसङ्गको सिलसिला अलिकति म जोड्छु- “एउटा चिया पसलमा, चियाको घुट्को तान्दै गफिरहेका चिनारू साथीहरूसँग रनेले प्रसङ्ग अनुसारका कुरा गर्‍यो- “हामीले भोट हालेर जिताएका सभासद्लाई अस्ति बजारमा भेटेको थिएँ । म त भेट भएको बेलामा आफ्ना गाउँका समस्याहरू सुनाउँछु भनेर गम कस्तै थिएँ । तर सभासद् त नमस्कार पनि राम्रो नफर्काई फुत्त बायक चढेर कुदिहाले । पहिला भोट माग्न आएको बेलामा जस्तो नरम स्वभाव थिएन उनको । रनेका कुरा सुनेर देवराजले भन्यो- “सत्ताको मेहंदी लगाएपछि त्यस्तै हो रने दाइ । हिजो पो चुनाव जित्नु थियो र नरम हुन्थे । अब त पदमा पुगिहाले ।”

अरूका कुरा के उल्था गरिरहनु ? एकदिन म आफैँ स्यानो काम परेर कामको सिलसिलामा एउटा सरकारी कार्यालयमा छिरेँ । हाकिम साहेवले सिधै फर्काइदिनु भयो- “तपाईको कागजात भएन हुँदैन, भनेर । निराश भएर बाहिर निस्केर वकिलसँग कुरा गरेँ । वकिलले खुसुक्क कानमा भने- “हुँदैन भन्ने मनको रङ्गलाई बदल्नु पर्छ क्या मेहंदी दलेर । म त छक्क परेँ ! यी टाठाबाठाहरू कति अप्ठ्यारा छन् । हामी लाटासोजा निरीह गरिब जनताको मर्म नबुझ्ने । सेवा नै धर्म हो भन्ने कुरा के बिर्सिसके । मलाई त खल्लो लाग्यो ।

आफू त गरिबीको रेखामुनि थिचिएको मान्छे । गरौला भन्ने दुखैदुखमा जीवन ढल्किगयो । पसिनाका बलले बालिग बनाएको छोरालाई चाहिँ सानोतिनो जागिर खोजिदिनु पर्‍यो भन्ने सोँच राखेँ । आफैले रिजाएका नेताज्यूलाई भेटेर विन्ती चडाएँ । नेताज्यूले पनि मेहंदीका कुरा हटाएनन् । काम गर्दैजाँदा मेहंदीको आवश्यकता पर्छ है जमाना खर्चिलो छ भने । मन खिन्न भयो । विचार गरेँ !- “स्वदेशमा गरिखाने भाँजो बनेन, अब विदेशतिर पो पठाउन पर्‍यो ! विदेश पठाउने तर्खरमा जुटेँ । विदेश जानलाई पनि मेन पावरका कारिन्दाहरूलाई मेहंदी नै पो चाहिँदोरहेछ । थुक्क निमुखा ! उपाय कतै बनेन् । आफ्नो भने घर व्यवहार विग्रिएर लथालिङ्ग थियो । पुर्पुरोमा हात राखेर सोचँे- “उपाय केही बनेन ! अब भएको आधी जग्गा बेचेर भए पनि साहु सौदा र व्यवहार त मिलाउँनै पर्‍यो ! नत्र साहुले घोक्रो समाती हाल्छन् ! बाध्य भएर मन रोइरोइ आफ्नै जग्गा विक्रि गर्ने विज्ञापन गरेँ । कुराको मेसो चल्दै जाँदा त दलालीलाई मेहंदी नदली कामै पो नहुने भो । लु भो त अब, आफ्नै स्वामित्वको जग्गा आफैले बेच्दा पनि मेहंदी । झोक्रेँ !- “यो मेहंदी काण्ड ठूलै र छ !

अचेल थाकेको धावक झै एक्लै झुक्रूक्क परेर मनमा कुरा खेलाउँछु- “पोहोर साल रामबहादुरलाई नेताज्यूले कर लगाएर पदमा उठाए । चुनावपछि मतपत्र गन्दै जाँदा त फर्सेले पो जित्यो । अचम्वै ! भयो । किन यस्तो भयो होला भनेर बुझ्दा त फर्सेले रातारात नेताज्यूलाई मेहंदी दलिसकेको रहेछ । उफ ! यो मेहंदीले सबैलाई रुवाएकै छ । हामी सिधासाधा जनताले कसरी सक्नु ! एउटामात्र कुरामा हो र, जे जे गर्दा पनि मेहंदी नै चाहिन्छ । मेहंदी दल्ने खर्च छुट्टै छुट्याएर अरू खर्च बोक्नु पर्छ । नत्र कामै बन्दैन । के छ यसमा यस्तो जादु ? एउटा नदीका दुई किनारा झै सिद्धान्त बोकेका पार्टीहरू पनि एउटै मञ्च र हारमा देख्छु । किन यस्तो भयो होला ! भनेर सोध्दा विद्वान नेताहरू भन्छन्-“विचार र स्वार्थमा मेहंदीको रंग दलेपछि भैहाल्छ नि ! कुन नौलो कुरा हो र यो । अचम्व ! कत्रो शक्ति यो मेहंदीमा ।

निर्माताले कुन साइतमा बनाएछन् कोनि ? लु हेर्नु त- “देशमा मेहंदी, केशमा मेहंदी, सरकारमा मेहंदी, कानुनमा मेहंदी, पाटीमा मेहंदी, नेतामा मेहंदी, हाकिममा मेहंदी, पदमा मेहंदी, रोजगारमा मेहंदी, हाजिरमा मेहंदी, विदेश जा मेहंदी, किन्दा मेहंदी, बेच्दा मेहंदी, बनमा मेहंदी, मनमा मेहंदी, छोरामा मेहंदी, छोरीमा मेहंदी राम् …. राम्…. राम्…. भनिसाध्ये नै पो छैन । मेहंदी प्रयोग नहुने त ठावंै पो भेटिदैन ।

बूढापाकाहरूको पुरानो गफ सुनिन्छ- “पैलापैला गोराजाति खैराजाति भेट्न विदेशजानु पथ्र्यो अरे । कि उनीहरू हाम्रो देशको भ्रमणमा आउँदा देख्न पाइन्थ्यो रे । अब त बेलायती, रुसी, जापानी, फ्रान्सेली सवै हाम्रै देशमा देख्न पाइन्छ । रङरङका रुपहरू रगरगती हिँडिरहेकै छन् । कति सर्वव्यापी छ यो मेहंदी । यसमा भयंकर जादु छ । एउटा दूरदराज अनकन्टार गाउँमा बसेर वृद्ध अवस्थामा पुगेकी आमाले छोरो नचिन्नु, घाँस दाउरामा सधै व्यस्त, कतै देख्न नपाएकी स्वास्नीले लामो समयमा रङ बदलेर आएको लोग्ने नचिन्नु स्वभाविक नै हो । किनकि कहिल्यै देखिबुझी नगरेको बस्तु अपरिचित नै हुन्छ । यो मेहंदीले सवैलाई सवैतिर सताएकै छ । मलाई त यो मेहंदी रङ ठूलै शंका र परिवन्धको महारोग लाग्यो । प्राकृतिक स्वच्छतालाई कृतिम बनाएर शान दिनुपर्ने । सारा निमुखा सरल प्राणीले कसैको तारतम्यको चंगुलमा फस्नू पर्ने । सेवा प्राप्त गर्ने बाहानामा निरीह बन्नु पर्ने ।

यसरी आफ्नो गाँस काटेर पुर्‍याइने सेवा तमाम सेवाग्राहीलाई अबान्छनीय नै ठहर्छ । त्यसैले म हात जोडेर अनुनयविनय गर्छु- “कृपया ! निर्माता ज्यू ! यो मेहंदी भन्ने पदार्थ बनाउन बन्द गरिदिनोस् त ! अब जन्मने पिँडीले मेहंदी देख्तै नदेखुन् ! भगवानसंँग पनि म यही प्राथना गर्छु- “प्रभु !! मेहंदी बन्द गरिदिनुुस् ! यसले त सखापै पार्ने भो !”

०००
कटारी न.पा-८, पट्ना भन्ज्याङ, उदयपुर
सम्पर्क नं. ९७४३०४१४३६

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
जाग्राम

जाग्राम

भिम पौडेल ‘घाँसे’
प्रायश्चित

प्रायश्चित

कुमार खड्का
बेकारको टन्टो

बेकारको टन्टो

अनिल कोइराला
स्वजातीय प्रेम

स्वजातीय प्रेम

नन्दलाल आचार्य
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे