साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छिर्ने अरूका घर

जङ्गल् छैन यहाँ सुटुक्क पसुँ ता बन्दैन शाैचालय झाेला प्लाष्टिककाे भिरुँ पनि भने फुट्ने चुहुने भय नेताकाे पनि हाल त्यै छ बिचरा खप्ने कसाेरि बरा सारै भाे म पिसाव फेर्दछु भनी छिर्ने अरुका घर ।।

Nepal Telecom ad

मुक्तिनाथ शर्मा न्याैपाने :

याैटा मित्र रमाइला चहकिला कस्केली काफ्ले थर
सामाजिक विकासकर्मी हँसिला साहित्यका साधक
वार्ताकार बडा पवित्र दिलका मान्छे ठुला हुन् तर
सारै भाे म पिसाव फेर्दछु भनी छिर्ने अरुका घर ।।१।।

अर्का सज्जन विज्ञ व्यक्ति रसिला दुव्ला र आकर्षक
प्रधान थरका सुपात्र घरका नाैलाे नयाँ नामका
मिलन्सार महान ठान्दछु म ता साझा पति हुन् तर
सारै भाे म पिसाव फेर्दछु भनी छिर्ने अरुका घर ।।२।।

सुन्दा केवल नामले पनि हुने आनन्द आनन्द नै
बक्ता बेस रमाइला सहृदयी सर भट्ट भै जानिने
हिड्दा हामी संगै चुनाव क्रममा जुलूस भै घर्घर
सारै भाे म पिसाब फेर्दछु भनी छिर्ने अरुका घर ।।३।।

गिरि देव जिवेन्द्र प्राज्ञ रसिला ती जाँगरैका धनी
चुनावी क्रममा सदा अघि अघि लागेर हिड्ने पनि
फुर्तिलाे जिउडाल ताल बढिया थाक्दै नथाक्ने तर
सारै भाे म पिसाव फेर्दछु भनी छिर्ने अरुका घर ।।४।।

दारी झुस्स बनाउने खुसु खुसु ठट्टा गरि हाँसने
शर्मा प्रेम त प्रेमकै प्रतीक हुन् भन्थे अरुले पनि
हामी पुरुष नारीकाे दल ठूलाे पुग्दा त बानेश्वर
सारै भाे पिसाव फेर्दछु भनी छिर्ने अरुका घर।।५।।

सर् पण्डित कडा पढाइ तगडा डाक्टर छ दर्जा पनि
चुनावी क्रममा अघि अघि हुने ती बुध्दिजीवी पनि
दाैडे टाेल भरी छिरे घर घरै बाेले बढिया तर
सारै भाे म पिसाव फेर्दछु भनी छिर्ने अरुका घर ।।६।।

जङ्गल् छैन यहाँ सुटुक्क पसुँ ता बन्दैन शाैचालय
झाेला प्लाष्टिककाे भिरुँ पनि भने फुट्ने चुहुने भय
नेताकाे पनि हाल त्यै छ बिचरा खप्ने कसाेरि बरा
सारै भाे म पिसाव फेर्दछु भनी छिर्ने अरुका घर ।।७।।

०००

नयाँ वानेश्वर, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झ काे झटाराे

झ काे झटाराे

मुक्तिनाथ शर्मा
तीन ठाेक्तक

तीन ठाेक्तक

मुक्तिनाथ शर्मा
मिश्रमामाकी नकचरी

मिश्रमामाकी नकचरी

मुक्तिनाथ शर्मा
यौटा केटाको बिहे

यौटा केटाको बिहे

मुक्तिनाथ शर्मा
मिश्रमामाकाे चिन्ता

मिश्रमामाकाे चिन्ता

मुक्तिनाथ शर्मा
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
0
Would love your thoughts, please comment.x
()
x