
तीन ठाेक्तक
सत्यासत्य सधैं एकै हुन्छ यो मान्नु पर्दछ प्रमाण नहुने बात कहिल्यै गर्न हुन्न नि ।।

मुक्तिनाथ शर्मा :
स्वच्छ आकाशमा ढुङ्गो हान्ने एक महासय
असत्य बात गर्दैथ्यो सत्य गुम्ने भयो भय
समाज बिम्झिई हेर्दा झुटो बात खुले पछि
गलेझैँ कर्कलो पात गल्दै छ त्यो महासय ।।१।।
सयपल्ट भने सत्य हुन्छ असत्य नै पनि
कोही कोही यसै भन्थे, तर त्यो मान्न हुन्न नि
सत्यासत्य सधैं एकै हुन्छ यो मान्नु पर्दछ
प्रमाण नहुने बात कहिल्यै गर्न हुन्न नि ।।२।।
बली चड्दैन हात्तिको बच्चा हिंस्रक बाघको
देवीलाई बली भन्दै, छोरा काटिन्छ बाख्रिको
भयो समाजको गल्ती, रितिस्थिति बनाउदा
नीर्धा माथि भयो शोषण् यथार्थमा समाजको ।॥३॥
०००
नयाँवानेश्वर, काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest