साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौली !

लोहा समान बलवान् नत होस् बलिष्ठ बन्नेछ देह कमजोर सहन्छ कष्ट । लागे सरी हरिण जीवनमा उँधौली भित्रिन्छ त्यो वयसँगै सबको बुढ्यौली ।

Nepal Telecom ad

उत्तम विचार :

बन्छन् दुबै नयन यी कमजोर यन्त्र
आएर दृश्य पर भाग्छ बनी स्वतन्त्र ।
रोकेर रोक्न सकियोस् न त त्यो बुढ्यौली
भित्रिन्छ जो वयसँगै सबको बुढ्यौली ।।१।

सुन्नै छ मुस्किल बडो जब शब्द पर्छन्
श्रोता थिए अब त कर्ण वृथा ठहर्छन् ।
भन्दै छ यौवन उता बस है बुढ्यौली
भित्रिन्छ आखिर उमेरसँगै बुढ्यौली ।। २।

यी दन्तका लहर छन् हिमशैल जस्ता
देखिन्छ पत्थर समान झरी विरक्त ।
पर्खेर स्वागत गरौँ अबको बुढ्यौली
भित्रिन्छ त्यो वयसँगै सबको बुढ्यौली ।।३।

बग्नेछ र्‍याल मुखबाट झरेर तप्प
बल्नेछ तेल सकिँदाकन दीप धिप्प ।
चढ्ला भन्यो प्रगतिले नचढी उँभौली
भित्रिन्छ त्यो वयसँगै सबको बुढ्यौली ।।४।

लोहा समान बलवान् नत होस् बलिष्ठ
बन्नेछ देह कमजोर सहन्छ कष्ट ।
लागे सरी हरिण जीवनमा उँधौली
भित्रिन्छ त्यो वयसँगै सबको बुढ्यौली ।।५।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुके लुतो !

सुके लुतो !

उत्तम विचार
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
चुपचाप !!!

चुपचाप !!!

उत्तम विचार
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
बुबा

बुबा

विदुर अधिकारी
पाका तथा बालक छन् बिहाल

पाका तथा बालक छन्...

वेदप्रसाद रिजाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
0
Would love your thoughts, please comment.x
()
x