साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मिश्रमामाकी नकचरी

उसको उफ्रो सुनेर छिमेकी जम्मा भए । मिश्रमामाले भने यी नानीले सासूलाई नकचरी भनिछन् । सुन्नेले यिनैलाई नकचरी भन्न थाले । अब कसैले पनि यिनलाई नकचरी भन्ने नगरौँ है ।

Nepal Telecom ad

मुक्तिनाथ शर्मा :

जीवन अनौठो हुँदै गएको छ । नचाहिँदा नचाहिँदा कुरा पनि भैरहे हुने जस्तो पनि लाग्न थालेको छ । मिश्रमामा मेरो साख्खै मामा होइनन् । नाता भनेको उहिल्यै बेसार किनेको उहासँग एक मानु । त्यति बेला माना पाथीको चलन थियो । त्यो चलन अहिले उहिलेको खुइले भैसक्यो । तर पनि मिश्रमामा मलाई भानिज भन्न छाड्दैनन र म मामा भन्दै छु । यो कस्तो अचम्म हो । पोइल गएकी स्वास्नीलाई सम्झना गरे जस्तै भएको छ हाम्रो अवस्था । तर त्यसो पनि भनिहाल्न नहुने भएको छ । किन कसरी भन्ने प्रश्नको जवाफ नभए जस्तो छ । तर किन्तु तापनि मिश्रमामा हामीसँग र हामी मिश्रमामासँग यसरि टास्सियौँ कि अब त ख्याल ख्यालका मामा नभनि साँच्चैका मामा भन्ने हो कि जस्तो भै सकेको अवस्था छ । भैगो यस्ता प्राणी पनि भए वेशै हुँदोरहेछ जीवनमा भन्ने भइसकेको छ ।

कासी जाने कुत्तीको बाटो भने झै अथवा अर्थ न वर्थका कुरा भने पनि कहिले कहिले गर्न पर्दो रहेछ जीवनमा । यस्तै हिजो एउटा कुरा भयो । म र मेरी उनी बैँसा कुरा अगाडि ताने, रमाउँदै थियौँ मामा हाँस्दै मुल प्रवेशद्वारबाट स्वाट्ठ भित्र पसे । हत्त र पत्त हामी स्वभाविक अवस्थामा आयौँ । मामाको अनुहार हेरेको उहाँ पनि मुसुक्क हाँस्नु भो । मैले भन्नै पर्‍यो भनेँ “आउनुहोस्, आउनुहोस् मामा ।”

म हाँसेको र मामा हाँसेको कुरो फरक रहेछ । म हाम्रा बुढाबुढीको कुराले र मामा हाँसेको नकचरीका कुराले रहेछ । यो बुझेपछि मेरी बुढी पनि ढुक्क भइन् ।

मिश्रमामाको एक छिमेकीको छोरो विदेशमा छ । उसले यहाँ आएर एउटी मातेकी केटी विवाह गरेर विदेशमै लगेर बसेको थियो । त्यो केटी कुन त बुहारी … खाएकी भने जस्तै भै छ । मातेर उधुम ।

यो दशैमा विदेशबाट घर आएछन । घरमा आमा मात्र छन् । दुःख जेलो गरेर बसेकी आमालाई मैमत्ता बुहारीले डस्न थालिछ । कहिले यो भएन त्यो भएन भन्दि रहिछ । उसको चित्त बुझाउन बुढीमाउले सक्ने अवस्था छँदै थिएन । बुहारी बुढीकै अगाडि छोरासँग अर्थात उसको लोग्नेसँग बाझ्दै ठुङ्दी रहिछ । सासूले सम्झाइ बुझाइ गर्दा सासूलाई नै वल्टी नकचरी पल्टी नकचरी भन्दै गाली गरिछ । मिश्रमामाले थाहा पाएछन् । यसो अक्कल निकाले छन् ।

मिश्रमामा छिमेकीकहाँ गए । विदेश बसेर आएको जोडालाई पहिले सम्मान गरेछन् । अनि महिलालाई भनेछन् हेर नानी ! तिमीहरू विदेशमा बसेर सभ्यता सिकेर आएका मान्छे । यहाँ कुरा मिल्दैन । हामीलाई माफ गर्न पर्छ । हिजो तिमीले आफ्नी सासू आमालाई के के भनिछौ कुन्नि छिमेकीले त तिमीलाई “नकचरी” पो भन्न थालेछन् । अब तिम्रो नामै नकचरी हुने भयो ।

मिश्रमामाले यसो भन्दा त्यो महिला झन् बाझ्न थालिछ । उसको उफ्रो सुनेर छिमेकी जम्मा भए । मिश्रमामाले भने यी नानीले सासूलाई नकचरी भनिछन् । सुन्नेले यिनैलाई नकचरी भन्न थाले । अब कसैले पनि यिनलाई नकचरी भन्ने नगरौँ है ।

यस्तैमा अर्को समूह आयो । त्यो समुहसँग पनि मिश्रमामाले नकचरीको आद्योपान्त भन्दै नकचरी प्रसङ्ग निकाले । भन्न त अब कसैले पनि उनलाई नकचरी नभन्ने है भने तर त्यो उल्टो भयो सासू हैन ब्हाररी नकचरी नाम कमाउन पुगी ।

०००
बानेश्वर, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झ काे झटाराे

झ काे झटाराे

मुक्तिनाथ शर्मा
तीन ठाेक्तक

तीन ठाेक्तक

मुक्तिनाथ शर्मा
यौटा केटाको बिहे

यौटा केटाको बिहे

मुक्तिनाथ शर्मा
मिश्रमामाकाे चिन्ता

मिश्रमामाकाे चिन्ता

मुक्तिनाथ शर्मा
मिश्र मामा र ढाल

मिश्र मामा र ढाल

मुक्तिनाथ शर्मा
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
जागिरको जाल कि साहुको चाल !

जागिरको जाल कि साहुको...

ठाकुरप्रसाद अधिकारी
बिन्ती, बक्सियोस् आज झोली

बिन्ती, बक्सियोस् आज झोली

डिल्लीराज अर्याल
रुख महात्म्य

रुख महात्म्य

देवीप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x