साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्वर्गमा नेपाली पत्रकार !

देश विदेशको भन्सार र हवाइअड्डामा संसारै गन्हाउने गरी मूर्ति, सुन र लागू पदार्थ छेर्न सक्छौ ! भ्रष्टाचारको विरोधी पत्रकारलाई जेल नेल लगाई लाटो रिस फेर्न सक्छौ !

Nepal Telecom ad

मुकुन्द आचार्य :

एक जना पत्रकारको आँखा
आइडिया ! भन्दै धपक्क बल्यो ।
स्वर्गमै गएर
प्रभुसँग अन्तर्वार्ता लिने
उनलाई सुर चल्यो ।
कल्पना मन्त्रालय अन्तर्गत
पुराण विभागको
पुरानो पुष्पक विमानमा चढेर
भगवान विष्णु छेउ गए
साष्टाङ्ग दण्डवत्को साटो
भगवानलाई ‘हाय’ गरेर
एकातिर ठिङ्गेश्वर भए ।
प्रभुले प्रश्न गरे-
‘तिमी को हौ ?
कहाँबाट आयौ ?
किन व्यर्थमा दुःख पायौ ?’
औँलाको काईंयोले कपाल सम्याउँदै
पत्रकारले भने-
‘हजूर सम्पूर्ण सृष्टिको सूत्रधार !
म चैँ नेपालको जल्दोबल्दो पत्रकार !’
सुन्ने बित्तिकै भगवान पड्के-
‘त्यसोभए तिमी उल्टो खुट्टाले फर्क
नसोधेरै स्वर्गमा किन पसेको ?
तिम्रालागि उपयुक्त ठाउँ हो
कुम्भीपाक नर्क ।
भारतमा प्रवासी नेपालीहरूलाई
बस्नै नदिने रे !
तिमीहरू चाहि ज्यान गए
नेपालमा पस्नै नदिने रे ।
रामायण बिर्स्याै ?
शत्रुपक्षको विभीषणलाई
मैले शरण दिएँ ।
महाभारत पनि बिर्स्याै ?
कौरव पक्षका भीष्मलाई
मैले कति राम्रो मरण दिएँ ।
तिमीहरू आफ्नै मूललाई
एउटै रुख, एउटै हाँगाका फूललाई
ओइलाएर झरेको
बिचल्ली भएर मरेको
कसरी हेर्न सक्छौ ?
आफ्नो आङको भैँसी देख्देनौ
अर्काको जुम्रा हेर्न सक्छौ !
देश विदेशको भन्सार र हवाइअड्डामा
संसारै गन्हाउने गरी
मूर्ति, सुन र लागू पदार्थ छेर्न सक्छौ !
भ्रष्टाचारको विरोधी पत्रकारलाई
जेल नेल लगाई
लाटो रिस फेर्न सक्छौ !
तिमी तुरुन्तै यहाँबाट गैहाल !
मेरो दृष्टिबाट दूर भैहाल !
पत्रकारले कुरा काटे-
‘सबै नेपाली त्यस्ता छैनन्, भगवान !
अर्थहीन जस्तो लाग्यो
मलाई त हजूरको ‘डाउट’ !’
भगवानको ब्लडप्रेशर हाइ भयो
उनी बेसरी चिच्याए –
‘आइ से गेट आउट !!!’

०००
‘मिर्मिरे’ (२०४४)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
साँढेमाथि पाँडे

साँढेमाथि पाँडे

मुकुन्द आचार्य
दृष्टि र सृष्टि !

दृष्टि र सृष्टि !

मुकुन्द आचार्य
दुई झोलेले के के बोले ?

दुई झोलेले के के...

मुकुन्द आचार्य
पट्ठो बन्ने रहरमा

पट्ठो बन्ने रहरमा

मुकुन्द आचार्य
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x