साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई झोलेले के के बोले ?

हाम्रा प्रधानमन्त्रीले मोदीको चरणकमलमा साष्टाङ्ग दण्डवत् प्रणाम गर्ने सौभाग्य पाए नि । हजुरभन्दा सानै झोले भए पनि कति दामी खबर सुनाएँ नि मैले। भारत भ्रमणमा जाने टोलीमा मेरो परिवार पनि सामेल गर्नुपर्छ नि ।

Nepal Telecom ad

मुकुन्द आचार्य :

सत्य, त्रेता द्वापर र कलि, यी चार युगमा थप हुन पुगेकी छ झोले युग। दुई जना झोले भेट भएपछि रमाइलो गफगाफ यसरी चलेछ । भएछ के भने मूर्ति भएर बस्दा बस्दा बोर भएपछि भाङको सुरमा बाबा भोलेनाथ पाशपत क्षेत्रमा प्रातः भ्रमणमा निस्केका थिए। एकजना खतरा झोलेसँग भोलेको जम्काभेट भयो। पशुपतिनाथको काँधमा एउटा ससानो झोला झुन्डिएको थियो । जसमा गाँजा, भाँङ जस्ता वस्तुहरु थिए । त्यसैले भोले पनि झोले नै भए ।

मर्निंडवाकिङमा निस्केका आधुनिक झोलेसँग बाबाको यसरी वार्तालाप भयोः-

भोले: हे आधुनिक मनुवा । कागलेसमेत ब्रेकफास्ट लिनभ्याए‌को छैन । तिमीचाहिँ मज्जाले वाकिङ गरेर कता हिँडेको, वाकिङमै टाकिङ गरौं न ।

झोले: नेपालमा तपाईंको शासन अब रहेन, भोले अब झोलेहरुले देश हाँकिरहेको खबर त भोले बाबलाई पनि थाहा होला नि । मन्त्रिभन्दा बढी टेन्सन हामी झोलेलाई हुन्छ ।

भोले: थाहा छ, थाहा छ तिमीहरुले नै देश खाएका छौ, धमिराले काठ खाएजस्तै। धमिराले पनि आफैलाई धन्यवाद दिन्छ त्यत्रो काठ भसक्कै पारेछु, भन्ठानेर ।

झोले: हामी झोलेले जति राम्रो काम गरे पनि हामीलाई विचौलिया, दलाल, झोले भनेर होच्याउँछन् । तर हेक्का रहोस्, हर हर महादेव, हामी झोलेहरु नभए सिस्टम चल्नै सक्दैन। कुन चाहिँ मन्त्रीले काम गर्छन् र सारा चाँजोपाँजो हामीले नै मिलाउनुपर्छ । कुन योजनामा कोसँग कति लेनदेन गर्ने, कुन पदमा कसलाई वहाल गर्ने, कुन राष्ट्रसेवकलाई कहाँ सरुवा गर्ने यी सबै हामी झोले भनाउँदा बिचौलियाले नै गरि आएका छौँ। अनि हामीलाई टेन्सन हुँदैन त ?

भोले : त्यो त हो कि, तिमीहरुले पनि कहिलेकाहि त यसो क्यै राम्रो काम गर्नुपर्छ नि । स्वर्ग जस्तो देश नर्क भैसक्यो ।

झोले: हजुर त झोले थोरै भोले धेरै हुनुहुँदो रहेछ। हामीले केके गर्नु, माथिका नेताहरुको बेडरुमका समस्या समेत हामीले मिलाइदिने गरेमा छौ। फॉर सेवा गरेवापत ऑलकांत मवा पनि हामीले खानु परेन त हाम्रा पनि बालबच्चा छन् । बालबच्चाका पनि अनेक रहर हुन्छन् । समाजले झोले, दलाल, विचौलिया जे भनेपनि ङिच्च हांसेर लाज पचाउनु पऱ्या छ । भएको थोर बहुत इज्जत बचाउनु पऱ्या छ। ख्याल गाह्राे छ हामी झोलेलाई  । मनको बह कसैलाई नकह ।

यस्तैमा झोलेको मोबाइल भनिने ठाँडो बज्यो। झोलेले मोबाइलमा चिच्याए- अँ, भन त विहानको ताजा खबर के छ ।

उताबाट झोलेको झोलेले भन्यो- हाम्रा प्रधानमन्त्रीले मोदीको चरणकमलमा साष्टाङ्ग दण्डवत् प्रणाम गर्ने सौभाग्य पाए नि । हजुरभन्दा सानै झोले भए पनि कति दामी खबर सुनाएँ नि मैले। भारत भ्रमणमा जाने टोलीमा मेरो परिवार पनि सामेल गर्नुपर्छ नि ।

झोलेले भने- भैहाल्छ नि, म जस्तो माथिल्लो झोलेले बोलेपछि फरक पर्दैन। फोन राख, म अहिले भोलेसँग बात मार्दै छु ।

भोलेले भन्न भ्याए, हैन नेपालले यो लम्पसारवादको नीति कोसँग सिकेछ। नेपालको त अन्तर्राष्ट्रिय स्तरमै नाक काटिएको छ।

यत्तिकैमा पशुपतिका सवभन्दा बुढा हनुमानले झोलेको हातबाट मोबाइल लुछेर जङ्गगलतिर पस्याे ।

०००
बारा, हाल: काठमाडाैं
९८४९८८५२१०

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
साँढेमाथि पाँडे

साँढेमाथि पाँडे

मुकुन्द आचार्य
दृष्टि र सृष्टि !

दृष्टि र सृष्टि !

मुकुन्द आचार्य
पट्ठो बन्ने रहरमा

पट्ठो बन्ने रहरमा

मुकुन्द आचार्य
प्रश्न सोझा ! उत्तर बाउँठा !! (२)

प्रश्न सोझा ! उत्तर...

मुकुन्द आचार्य
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x