साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यस्तालाई भोट हाल्नेलाई

देश, दल र दलालकाे नेतृत्व जुकालेझैं सम्हाल्नेलाई देशमा दाइँ हाल्नेलाई माला उनी सुकेका पातकाे गर्नु पर्छ भव्य सम्मान यस्तालाई भोट हाल्नेलाई।

Nepal Telecom ad

रामदेव पाण्डे :

स्वास्थ्य शिक्षा परीक्षामा
चार जिपिए ड्याम्मै हान्छ
खाने बेलामा उही
हात नधोई झ्याम्मै खान्छ
काखी कन्याएर सुँघ्छ
जहाँ पायो त्यहीँ थुक्छ
फोहोरदानीमा फाल्ने कुरा
बाटोघाटो चउरमा फाल्छ
हो यस्ताले पक्कै
सही ठाउँमा भोट हाल्छ
आलोचना हुँदा आफ्नो
मान्छे जस्तो बोल्दैन ऊ
टोकाहा कुकुरझैं भुक्छ
कमजोरलाई फट्कार लगाई
बलिया देखे सकेसम्म लुक्छ
नसके पाउमा झ्याप्पै झुक्छ
प्रमाणपत्रधारी हो
उच्च शिक्षाको तर
अन्धविश्वास तोड्नु साटो
जोगाउनलाई ज्यानै फाल्छ
अनि यस्ताले पक्कै
देश जोगाउनेलाई भोट हाल्छ?
आफूलाई जन्म दिने
बाआमालाई वृद्धाश्रम फाल्छ
बुढीका बाआमालाई मात्र
अँगालो झ्याम्मै हाल्छ
हो हजुर यस्ताले नै
प्रयोग गरी विवेकको
सोची सम्झी विचार गरी
राम्रालाई नै भोट हाल्छ
सिन्को भाँच्न कामका नाममा
लगाई अरू कसैलाई
आकाश छुने सपना बुन्छ
हो यस्तै यूवाले नै
देश सपार्ने नेता चुन्छ
भन्नु हुँदैन केही पनि
देश, दल र दलालकाे नेतृत्व
जुकालेझैं सम्हाल्नेलाई
देशमा दाइँ हाल्नेलाई
माला उनी सुकेका पातकाे
गर्नु पर्छ भव्य सम्मान
यस्तालाई भोट हाल्नेलाई।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नेताजीको जय:

नेताजीको जय:

रामदेव पाण्डे
कारण के होला ?

कारण के होला ?

रामदेव पाण्डे
प्रभु ! घोर कलियुग आयो !

प्रभु ! घोर कलियुग...

रामदेव पाण्डे
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x