रामदेव पाण्डेकारण के होला ?
महिलाले सम्झे पनि फूल चन्दन वास्तवमा हुन् ती नारीका बन्धन अरूले बाँधे त फरक कुुरा आफैं बाँधिन तम्सने पूरा सोधें प्रश्न जे हाेला साँच्चै, कारण के होला ?

रामदेव पाण्डे :
पुरुषले कपाल लामाे पाल्दैनन्
महिलाले कहिल्यै फाल्दैनन्
त्यस्तो सबै हुँदैनन् भन्नु हाेला
अधिकांश भन्ने मान्नु हाेला
कारण के होला ?
प्रकृतिको नियम भनौँ
कपाल त पुरुषको पनि बाट्छ
तर उसले काट्छ
गाजल लिपिस्टिक टिकी
पुरुषलाई चाहिन्न
महिलालाई लगभग नभई हुन्न
कारण के होला ?
शृङ्गार कला कलामा
गहना नाक कान गलामा
पुरुषलाई चाहिन्न
अनि भन्ने गरिन्छ
महिलालाई नभई हुन्न
कारण के होला ?
महिलाले सम्झे पनि फूल चन्दन
वास्तवमा हुन् ती नारीका बन्धन
अरूले बाँधे त फरक कुुरा
आफैं बाँधिन तम्सने पूरा
सोधें प्रश्न जे हाेला
साँच्चै, कारण के होला ?
०००
२०८२/०७/२६
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest





































