साइबर अपराध सम्बन्धी सचेतना सामग्री

टुल्के पुराण

टुल्केको दोस्रो दिन अस्पतालमा सुरु भयो। उनको ब्लाडर अझै विद्रोही थियो। मोबाइल हातमा लिएर उनी सोच्न थाले “अब फोन राख्ने कि ब्लाडरलाई सान्त पार्ने ?” जसरी टुल्केले मोबाइल राख्न खोजे, हास्यास्पद घटनाक्रम भयो।

Nepal Telecom ad

डा. गोपाल पौड्याल ‘मण्डने’:

एकादेशमा एउटा टुल्के थियो । टुल्के ! नाम सुन्दा पनि गाउँलेहरू खलल हाँस्थे, तर उनी आफैंमा एउटा कन्फ्युजनको मिसायल थिए। टुल्केको जीवन दर्शन दुईवटा कुरा मात्रमा आधारित थियो: प्रेम र ब्लाडर। जीवनमा यी दुईलाई रोक्नु भनेको आत्मघात हो। तर टुल्केले भने हरेक चुनौतीलाई स्वागत गर्थे। उनको दिनचर्या अति रोचक थियो। बिहान उठेर नास्ता खाने, फोनमा प्रेमिकासँग कुरा गर्ने, पेटमा ब्लाडरको विद्रोह सहेर जीवनको “रियलिटी शो” जस्तै दिन बिताउने। साथीहरूले उनलाई मजाक गरेर “ब्लाडर बाबा” भन्थे। टुल्केले हाँस्दै भन्थे —

“मेरो गुरु मेरो ब्लाडर हो, तर मुटुको गुरु सरीता।”सरीता, टुल्केको प्रेमिका, केवल मिठास र स्नेहलाई प्रेम ठान्थिन्। तर टुल्के प्रेममा मात्र होइन, ब्लाडरमा पनि चुनौती दिने पुरुष थिए। उनी भित्रै सोच्थे “यदि प्रेम लामो छ भने, ब्लाडर तर्फ नजर राख्नै पर्छ। बिना तयारी म यो रात पार गर्न सक्दिन।”

एक रात टुल्के घरको कुनामा बसेर फोनमा कुरा गरिरहेका थिए। मोबाइल कानमा, आँखामा सरीता, पेटमा ब्लाडर विद्रोह।सरीता भन्छिन् “टुल्के , तिमी साँच्चिकै माया गर्छौ?” टुल्के मुस्कुराउँदै भन्छन् —“गर्छु नि, तर बुझ्दिनौ।”तर भित्र ब्लाडर कराइरहेको थियो —“अब ढिलो भयो ! Release चाहियो !”टुल्केले मानेन। उनी प्रेममा अड्किए, तर पेटको विस्फोट सहेर फोनमा कुरा जारी राखे। मोबाइलको स्क्रिनमा सरीताको अनुहार चम्किरहेको थियो, टुल्केको मुटु मा ढुकढुकी, र पेटमा तातो पानीको फोहोरा झै धमाका। रातभरि यस्तो संघर्ष चल्यो फोनमा प्रेम, पेटमा असह्य पीडा। टुल्के कहिलेकाहीँ मोबाइल तल राखेर पेट समात्थे र भित्रै भन्न्थे “सरीता, माया गहिरो छ, तर ब्लाडरलाई पनि ध्यान दिनुपर्छ।”मोबाइल चार्ज सकियो। टुल्केले आँखा खोले — पेटमा हल्का शान्ति, तर मुटु अझै डोकी–डोकी। उनी सोच्न थाले “ब्लाडर फुट्ने कि मुटु फुट्ने? ”रातभरि टुल्केको पेटमा त्यस्तो हलचल थियो कि कहिले भुइँमा लड्ने अवस्था आयो, कहिले मुटुको धड्कनले कान थरथराउँथ्यो। उनी भित्रै मुस्कुराइ रहेका थिए “यो रात मेरो जीवनको सबैभन्दा पीडादायी र हास्यपूर्ण परीक्षा हो।”

भोलिपल्ट बिहान टुल्के उठ्दा आफैंलाई अस्पतालमा पाए। हातमा सलाइन, आँखामा आँसु, पेटमा ढुंगो।डाक्टरले रिपोर्ट हेरेर मुस्कुराए “ओहो! यो त पिसाबको ढुंगो होइन, प्रेमको अवशेष रहेछ।”टुल्के नाक सुँघ्दै भन्छन् “डाक्टर साब, ऊ गएर पनि चिनो छोडेर गइछे।” डाक्टर हाँस्यो “त्यो चिनो होइन, क्याल्सियम!”नर्स सुई लगाउँदै भनिन् “अब तपाईंलाई पिसाब गर्न सजिलो हुन्छ।” टुल्के भावुक हुँदै भन्छन् “तिमी मेरो जीवनमा राहत ल्याउने मान्छे हौ ।” नर्सले हाँस्दै टुल्केको अनुहार हेरी भित्रै सोचिन् “यो मान्छेले पिसाबलाई पनि प्रेमको प्रतीक बनायो !”

अस्पतालमा टुल्केको ब्लाडरले यस्तो हल्ला मच्चायो कि अन्य बिरामीहरूले उनलाई अचम्मका नजरले हेरे। तर टुल्केको मुटु अब स्थिर भयो। प्रेम निको भयो, ब्लाडरले शिक्षा दियो।एक दिन टुल्केले नर्सलाई सोधे “यो ब्लाडरको विद्रोह कहिल्यै रोकिएला ?” नर्स हाँस्दै बोली “साथी, तपाईंको ब्लाडरलाई प्रेमले मात्र बुझाउँछ, तर चार्ज र पानीले पनि। अब ध्यान दिनुस्।”टुल्केले भित्रै हाँस्दै भने “मेरो जीवनमा प्रेम र ब्लाडर दुवैको सम्मान गर्नुपर्छ ।”

केही हप्ता पछि टुल्के गाउँ फर्किए। अब उनी साधु होइन, ब्लाडर बाबा। उनी चौतारोमा उभिएर युवाहरूसँग भनिहाल्छन् “भाइ हो, प्रेम गर्नुहोस्, तर बाथरुम नगरी प्रेम गर्नु मूर्खता हो।” कसैले सोध्यो “गुरुजी, तपाईंको गुरु को ?”

टुल्के गर्वले भन्छन् “मेरो गुरु मेरो ब्लाडर हो।” गाउँलेहरू हाँसे, तर अब प्रेम गर्नुअघि सबैले ट्यालेट जाने बानी बसाल्न थाले। वडाले सार्वजनिक ट्यालेटमा बोर्ड टाँस्यो “यहाँ प्रेम पनि सुरक्षित, ब्लाडर पनि।” गाउँमा नयाँ नारा फैलियो — “एक प्रेम, एक ट्यालेन्ट !”

टुल्केले ब्लाडर दर्शन गाउँभर फैलाए। एकदिन, अस्पतालमा डाक्टर आउँदा, टुल्केले फोन राख्न खोजे। तर, हास्यास्पद रूपमा, उनको पिसाबले भरिएको युरोनलमा फोन फुत्केर खस्यो।

डाक्टर हल्लिए “अरे ! के भयो ?” टुल्के मुस्कुराउँदै भने — “डाक्टर साब, ब्लाडर र म दुबैले छुट्टी लियौं ! ”नर्सले हाँसो रोक्नै सकिनन्। टुल्के भित्रै सोच्दै थिए “यो त मेरो जीवनको सबैभन्दा हास्यपूर्ण ब्लाडर–प्रेम क्षण हो।”

टुल्केको दोस्रो दिन अस्पतालमा सुरु भयो। उनको ब्लाडर अझै विद्रोही थियो। मोबाइल हातमा लिएर उनी सोच्न थाले “अब फोन राख्ने कि ब्लाडरलाई सान्त पार्ने ?” जसरी टुल्केले मोबाइल राख्न खोजे, हास्यास्पद घटनाक्रम भयो। पिसाबले भरिएको युरोनलमा फोन खसेको थियो। अरु बिरामीहरूले टुल्केको अवस्था देखेर हाँसो रोकेनन्। एक जना आमा भन्छिन् “साँचिकै, यस्तो ब्लाडर–प्रेम संघर्ष मैले कहिल्यै देखेको थिइनँ !”

रात ढल्क्यो। टुल्केअब बेडमा परेका थिए। हातमा सलाइन, पेटमा हल्का पीडा, तर मुटु अझै प्रेममा डोकी–डोकी। उनका साथीहरूले उनलाई भेट्न आए । टुल्के मुस्कुराउँदै भने “सुन, यो कथा तिमीले कहिल्यै नबिर्सने छ। रातभरि मोबाइल कानमा, पेटमा ब्लाडर विद्रोह, र मुटुमा सरीताको माया।” साथी हाँस्दै सोधे “तँले त पिसाब रोक्ने र प्रेम गुमाउने दुवै गरेँ ?” टुल्के गर्वले भन्छन्  “हो ! तर शिक्षा त गहिरो छ। प्रेमलाई रोक्न नहुने, ब्लाडरलाई धोका नदिनु।” साथीले हाँस्दै भने  “अब त गाउँमा तिमी ब्लाडर बाबा बनेको कुरा थाहा पाएँ।” टुल्के मुस्कुराए “साँचिकै, ब्लाडरले मलाई गुरु बनायो। र म अब सबैलाई यही शिक्षा दिनेछु।”

अन्त्यमा सबैभन्दा हास्यास्पद घटना भयो। टुल्केको उपचार सकिएपछि, नर्सले डाक्टरलाई समातेर भनिन् “गइहाली, पिसाब रोकि रोकि… च्याटमा कुरा गरेको पत्थरी मलाई भएछ।” डाक्टरले हास्दै भने “के ? कसरी ?”

नर्सले टुल्केको रातभरि भएको ब्लाडर–प्रेम संघर्ष सम्झिँदै हासो भित्रै फुस्क्यो र सोचिन् “म सोच्दै थिएँ, उसको ब्लाडरले मात्र त उनलाई पीडा दिइरहेको छ, तर यसरी मसँग कुरा गर्ने हालतमा पनि पर्छ भन्ने सोचिनँ । ”टुल्के बेडमा मुस्कुराउँदै थिए, तर भित्रै रमाइलोको आँसु रोक्न सकेनन्।

टुल्के अब गाउँमा ब्लाडर दर्शन फैलाउँदै थिए । युवाहरूलाई शिक्षा दिँदै “प्रेम गर्नुहोस्, तर बाथरुम नगरी प्रेम गर्नु मूर्खता हो।” गाउँलेहरूले नयाँ नियम बनाए —
• प्रेम गर्दा बाथरुम नजिकै बस्नु।
• ब्लाडरको सम्मान गर्नु।
• ट्यालेटको बोर्डमा लेख्नु — “यहाँ प्रेम सुरक्षित, ब्लाडर पनि।”

गाउँमा नयाँ नारा फैलियो — “एक प्रेम, एक ट्वाईलेट !” गाउँका बुढापाका हाँस्दै भन्छन् “टुल्केले त केवल प्रेम सिकाएनन्, ब्लाडर संस्कृतिलाई पनि पुनर्स्थापित गरे।” टुल्के अब टिभीमा देखिन थाले। कार्यक्रमको नाम — “मुटु र ब्लाडर: दुबै फ्लो हुन देऊ ।” उनी भन्छन् “जब भावना रोकिन्छ, सम्बन्ध टुट्छ। जब पिसाब रोकिन्छ, ब्लाडर फुट्छ। फर्क फर्क, ब्लाडर तिम्रो गुरु हो।” एकचोटि TED Talk मा बोले “I learned the hard way — never hold love or urine !” सबै हल हाँस्यो। केही कुर्सीबाट झरे। टुल्के थप्छन् “म अब रिलिजको मास्टर हुँ इमोशनल र फिजिकल दुबै। ”दर्शकहरूले टुल्केको व्यङ्ग्य बुझेर हाँस्ने क्रममा आफ्ना ब्लाडरलाई सम्झिए।

टुल्केको घरमा ठूलो ब्यानर टाँसिएको छ “यहाँ केवल पिसाब मात्र होइन, पुराना प्रेम पनि निस्कन्छन्।” प्रत्येक बिहान टुल्के पुराण ध्यान गर्छन्, हातमा पानीको बोतल, आँखामा प्रेमको शान्ति । सरीता कहिलेकाहीँ म्यासेज गर्छिन् “तिमी अहिले कहाँ हौ ?” टुल्केले उत्तर दिन्छन् “बाथरुममा, जहाँ म सबै कुरा सफा गर्छु।”
गाउँलेहरूले हाँस्दै सिके —
• प्रेम रोक्नु मूर्खता हो, पिसाब रोक्नु अपराध।
• प्रेम लामो भए बाथरुम नजिकै बस्नुहोस्।
• प्रेमिकाले भनिन् “म तिमी बिना बाँच्न सक्दिनँ” भने, तुरुन्त भन्नुहोस् — “तर म बाथरुम बिना त सक्दिनँ।”
• ब्लाडर र प्रेम दुवै संवेदनशील हुन्छन्, एउटाले मन हल्का गर्छ, अर्कोले पेट।

अन्ततः, टुल्केले सबैलाई सिकाए — प्रेम, पेट, हास्य, र ब्लाडर तीनै कुरा समान महत्वका गुरु हुन्। हरिॐ तत्सत टुल्के पुराण समाप्तम।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
हेलिकप्टरबाट जनताको दुःख नियाल्ने राष्ट्रसेवकहरू

हेलिकप्टरबाट जनताको दुःख नियाल्ने...

डा. गाेपाल पाैड्याल ‘मण्डने’
भ्रष्टाचार: राष्ट्रको आधिकारिक धर्म !

भ्रष्टाचार: राष्ट्रको आधिकारिक धर्म...

डा. गाेपाल पाैड्याल ‘मण्डने’
ठग नेता

ठग नेता

डा. गाेपाल पाैड्याल ‘मण्डने’
रद्धी बने वास्तव

रद्धी बने वास्तव

डा. गाेपाल पाैड्याल ‘मण्डने’
हे झोला

हे झोला

डा. गाेपाल पाैड्याल ‘मण्डने’
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x