साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्रष्टाचार: राष्ट्रको आधिकारिक धर्म !

जब इमानदार नागरिक हाँसोको बिटुलो काटेर उठ्छ, अनि साँचो काम गर्ने आँट गर्छ, तब भ्रष्टाचारका शृङ्खला चिरिन्छन् । तब मात्र राष्ट्र नाटकबाट विकासमा रुपान्तरण हुन्छ।

Nepal Telecom ad

डा. गोपाल पौड्याल ‘मण्डने’ :

नेपालमा जन्मिनु मात्र हुन्न, फारम भरेर जन्मिएको प्रमाणित गर्नुपर्छ। अनि त्यो फारम कहाँ मिल्छ ? वडा कार्यालयमा! त्यहाँ के हुन्छ? तपाईंको कागज हेर्नुअघि कर्मचारीले तपाईंको अनुहार होइन, खल्तीको मोटाइ हेर्छन् ।

भ्रष्टाचार अब हामीकहाँ यस्तो व्याप्त छ कि त्यो टेलिभिजनको विज्ञापनभन्दा बढी दोहोरिइरहेको छ ! बिहान उठ्नेबित्तिकै चिया होइन, घूसको गन्ध आउँछ। हाम्रा सरकारी कार्यालयहरूमा टेबलमुनिको आर्थिक प्रणाली यति सबल छ कि राष्ट्र बैंक नै लाजले कुना कुना च्यापेर बस्छ।

नेताहरू भन्नु = “हामी भ्रष्टाचारको विरोध गर्छौं!” अनि अर्काे दिन टेण्डर स्वीकृत गर्दै कम्पनी आफ्नै भतिजाको हुन्छ। उता मिडियामा भाषण गर्छन्: “देश विकास गर्‍न भ्रष्टाचारीहरूलाई जरैदेखि उखेल्छौँ!” — हो, उखेल्छन् तर पैसाको जरासँगै सिधा बैंक खातामा सार्छन्।

कर्मचारी भन्नु = सरकारी सेवा होइन, “सरकारी दादागिरी” मा पीएचडी गरेका विशेषज्ञहरू। फाइल हराउनु त सामान्य हो, तर जब तपाईं ‘फारम मिलाइदिन्छु’ भनेर सोध्नुहुन्छ, उनीहरूको आँखा चम्किन्छ — “बुझ्नु भएन, सेवा त सरकारी हो, तर सेवा शुल्क त व्यक्तिगत हो !”

विद्यालयमा बच्चा सोध्छ: “दाइ, भ्रष्टाचार भनेको के हो ?”
दाइले भन्छ: “पढाइमा घूस खाएर पास हुने, खेलकुदमा घूस खाएर गोल गर्ने, अनि जागिरमा घूस खाएर जागिर खाने नेपाली कला हो — यसैलाई त राष्ट्रिय पहिचान भन्छन् !”

नेपालमा यस्तो भइसकेको छ कि ‘घूस खान नजान्ने’ भन्ने प्रमाणपत्र लिएर मात्र सरकारी सेवा प्रवेश गर्नुपर्ने देखिन्छ। भ्रष्टाचार गर्नेहरूलाई कारबाही ? त्यो त नाटक हो! पहिले टोल–टोलमा ‘घोषणा’ हुन्छ, ‘अब अख्तियारले छानबिन गर्छ!’ अनि केही दिनपछि ‘नपुग प्रमाण’ भन्दै केस फाइल धुलोमा बिलिन।

उता अस्पताल जानुपर्‍यो भने त झन् कमेडी शो हेरेको जस्तो लाग्छ। बिरामी भएर जानु भएको हो कि पैसा हराएर गुनासो गर्न जानु भएको हो भन्ने छुट्याउनै गाह्रो। यदि तपाईंले पैसा नदिई रिपोर्ट माग्नुभयो भने रिपोर्टमा लेखिएको हुन्छ — “बिरामीको दोष, सरकार निर्दोष !”

भ्रष्टाचार अब रोग होइन, फेसन भएको छ। “घूस नखाने हो ?” भनेर सोध्दा “के अझै पनि बेकुफ छस् ?” भन्ने उत्तर आउँछ। यस्तो अवस्थामा इमानदार व्यक्तिहरू लुप्त प्रजातिका जनावरझैँ दुर्लभ भइसकेका छन् — रेड डाटाबुकमा लेखिन लागेको बेला हो !
तर, आशा भनेको टाउकोमा जुँगा उम्रेझैं झार्न मिल्दैन। हास्य र व्यङ्ग्यमा लपेटेर भनौं — जब इमानदार नागरिक हाँसोको बिटुलो काटेर उठ्छ, अनि साँचो काम गर्ने आँट गर्छ, तब भ्रष्टाचारका शृङ्खला चिरिन्छन् । तब मात्र राष्ट्र नाटकबाट विकासमा रुपान्तरण हुन्छ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
टुल्के पुराण

टुल्के पुराण

डा. गाेपाल पाैड्याल ‘मण्डने’
हेलिकप्टरबाट जनताको दुःख नियाल्ने राष्ट्रसेवकहरू

हेलिकप्टरबाट जनताको दुःख नियाल्ने...

डा. गाेपाल पाैड्याल ‘मण्डने’
ठग नेता

ठग नेता

डा. गाेपाल पाैड्याल ‘मण्डने’
रद्धी बने वास्तव

रद्धी बने वास्तव

डा. गाेपाल पाैड्याल ‘मण्डने’
हे झोला

हे झोला

डा. गाेपाल पाैड्याल ‘मण्डने’
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
जागिरको जाल कि साहुको चाल !

जागिरको जाल कि साहुको...

ठाकुरप्रसाद अधिकारी
बिन्ती, बक्सियोस् आज झोली

बिन्ती, बक्सियोस् आज झोली

डिल्लीराज अर्याल
रुख महात्म्य

रुख महात्म्य

देवीप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x