साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विचारपथका चेलाहरू हो सुन

हामी छौँ अझ शिष्य बालक दुबै आधार पाकाहरू तन्नेरी पनि बुझ्छ सादर कला सौहार्द भाकाहरू । सारा दिग्गज सोधखोज गर लौ झुट्टा नहोस् जीवन पाका सारद हुन् विचारपथका चेलाहरू हो सुन ।

Nepal Telecom ad

पदम दाहाल :

सेतो केस हिमाल फुल्दछ जहाँ सत्मार्ग हुन् चेतना
खुम्चेझैँ अनुहार पर्वत सरी उत्साह सन्देशमा ।
अर्ती औषध ओखती अनुभवी बोक्छन् कि ऊर्जापन
पाका सारद हुन् विचारपथका चेलाहरू हो सुन ! ।१।

सच्चा साधक सृष्टि पालक सबै संसार देखाउने
उम्दा प्रेरक पौरखी प्रहर हुन् पक्का पुकारा हुने ।
द्रष्टा गौरव सिद्धहस्त करुणा त्राता भला सज्जन
पाका सारद हुन् विचारपथका चेलाहरू हो सुन ! ।२।

शाखा सन्तति बीजतत्त्व निज हुन् बोकेर उठ्छौँ उँभो
अर्को खै गुरु को छ यो भुवनमा जेठो जुनी सान हो ।
छर्छन् जो नव ज्ञानज्योति पहिलो हट्छन् सबै बन्धन
पाका सारद हुन् विचारपथका चेलाहरू हो सुन । ।३।

बाआमा परिवारकै प्रथम हुन् शिक्षा र दीक्षा दिने
तीभन्दा पछिमात्रका गुरु अरू भाषा इसारा दिने ।
नौका नाभिक झैँ सवार सहजै तार्ने जुनी को भन ?
पाका सारद हुन् विचारपथका चेलाहरू हो सुन । ।४।

हामी छौँ अझ शिष्य बालक दुबै आधार पाकाहरू
तन्नेरी पनि बुझ्छ सादर कला सौहार्द भाकाहरू ।
सारा दिग्गज सोधखोज गर लौ झुट्टा नहोस् जीवन
पाका सारद हुन् विचारपथका चेलाहरू हो सुन । ।५।

०००
मादी न.पा. ६, सङ्खुवासभा
हालः लोकन्थली, भक्तपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

चेवनचन्द्र बस्नेत
दसैँ मान्न पाऊँ सधैं ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैं...

कमला पन्थी अधिकारी
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

दीनानाथ पाेखरेल
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

वेदप्रसाद रिजाल
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x