साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठाेकान

ख्याल गर, आफ्नो मगजमा किरा नपार लुतो नसल्काऊ, अनि मनमा खटिरा नपार नुनखुर्सानी लाएर खान मिल्दैन यसलाई देश हो यो, देशलाई काँक्रोझै चिरा नपार ।

Nepal Telecom ad

रमेश समर्थन :

१.
जिन्दगी तार चुँडेको सारङ्गीको धुनजस्तो
कतै भयो नदेखिने यो औंसीको जुनजस्तो
राजधानीलाई यै जिन्दगी हिरामोती सुनचाँदी
यै जिन्दगी कर्णालीलाई सधैं अपुग नुनजस्तो ।

२.
एक एक व्यक्ति दलाल भएको देश हो यो
र दलाल नै मालामाल भएको देश हो यो
सम्पत्ति नहुने त अरू पनि छन् यो दुनियाँमा
सम्पत्ति भएर पनि कङ्गाल भएको देश हो यो ।

३.
रहर आखिर रहर हो तिम्रो पनि मेरो पनि
जहर आखिर जहर हो तिम्रो पनि मेरो पनि
एक दिन भ्यागुताले पनि भन्यो कमललाई
हिलो नै आखिर घर हो तिम्रो पनि मेरो पनि ।’

४.
ख्याल गर, आफ्नो मगजमा किरा नपार
लुतो नसल्काऊ, अनि मनमा खटिरा नपार
नुनखुर्सानी लाएर खान मिल्दैन यसलाई
देश हो यो, देशलाई काँक्रोझै चिरा नपार ।

०००
रूपन्देही
बदनाम आँचल (२०८२)

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Ishwor Pokharel
Ishwor Pokharel
3 months ago

मन परेको त दोस्रो मुक्तक नै हो । तर ‘एकएक’ भन्दा ‘सबैलाई’ जनाउँछ कि भन्ने लाग्यो । सबै त कहाँ दलाल होलान् र!
यसमै ‘सम्पत्ति नभएका त अरु पनि होलान् दुनियाँमा’ भन्दा व्यक्ति बुझिराखेको । अन्तिममा चै देशको कुरा पो आयो ।

त्यो शीर्ष मुक्तककै प्रतीक्षा छ ।

Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
छात्रवृत्ति

छात्रवृत्ति

रमेश समर्थन
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
पेसा

पेसा

रमेश समर्थन
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
वरदान

वरदान

रमेश समर्थन
चार ठोकान

चार ठोकान

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली- १६७

बेलाको बोली- १६७

डा. ऋषि बस्ताकाेटी
1
0
Would love your thoughts, please comment.x
()
x