साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठाेकान

असत्यको पर्दाले सत्यको राज छोपिन्न मागेको लगौँटीले फुस्केको लाज छोपिन्न यी जनता हुन् यिनलाई सबै कुरा थाहा छ हातले मुख छोपेर विरोधको आवाज छोपिन्न ।

Nepal Telecom ad

रमेश समर्थन :

१.
आफ्नै खुट्टाका भरमा शिखर चढेका भए पो थाहा पाउँथ्यौ
चढ्ने क्रममा एक दुई पटक लडेका भए पो थाहा पाउँथ्यौ
भर्‍याङ भाँचिएपछि माथिबाट खस्ने त तलै हो नि ए दाजै !
जति माथि उठ्यौ त्यत्ति तल गडेका भए पो थाहा पाउँथ्यौ ।

२.
विगतका स्मृति यदि साँच्न खोज्दै छ,
रोदीघरमा मन फेरि नाच्न खोज्दै छ,
ढल्दो उमेरमा मायाप्रीति बस्यो भने बुझ्नुस्‌
जिन्दगी स्वप्निल जीवन बाँच्न खोज्दै छ ।

३.
कुर्ता सलवार अनि लहङ्गा र साडी आयात गर्छौँ
सियो, रिन्ची, साइकल अनि गाडी आयात गर्छौँ
हामी निर्यात गर्छौँहाम्रा जाँगरिला तन्नेरीहरूलाई
सट्टामा चोर, भिखारी र कबाडी आयात गर्छौँ ।

४.
असत्यको पर्दाले सत्यको राज छोपिन्न
मागेको लगौँटीले फुस्केको लाज छोपिन्न
यी जनता हुन् यिनलाई सबै कुरा थाहा छ
हातले मुख छोपेर विरोधको आवाज छोपिन्न ।

०००
रूपन्देही
बदनाम आँचल (२०८२)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोकान

चार ठोकान

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

ज्ञानुवाकर पौडेल
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

प्रमुना पाैडेल ‘अदृश्य मन’
बेलाको बोली- १७०

बेलाको बोली- १७०

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x