साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

महाशय, तपाईँ सोचिनुहुन्छ, म सोच्नेमा परेँ महोदय, तपाईँ त रोजिनुहुन्छ, म रोज्नेमा परेँ हाम्रो बाटो, साधन र गन्तव्य एउटै नै हो तर महामहिम, तपाईँ खोजिनुहुन्छ, म खोज्नेमा परेँ ।

Nepal Telecom ad

रमेश समर्थन :

१.
जीवन एक्लै आरम्भ भएको हो र एक्लै अन्त्य गर्छ
वृक्ष भई अग्लिएको जीवन एक दिन बिउ भई झर्छ
नातागोता मायाप्रेम सबै देखावटी कुरा न रहेछन्
हामी मर्दा रुने त रोलान् तर सँगसँगै को मर्छ ?

२..
म चिठीभित्रको विषय हेर्दिनँ, खाम हेर्छु
म ज्ञान र गुण हेर्दिनँ, दौलत र दाम हेर्छु
मेरो दृष्टि नै यस्तै छ यसमा मेरो के दोष
म रचनाको स्तर हेर्दिनँ, लेख्नेको नाम हेर्छु ।

३.
तपाईँ भित्ता र आली काट्नुस्, म खेतका गरा काट्छु
तपाईँ उठ्ने आकाश काट्नुस्, म उभिने धरा काट्छु
आउनुस्, मिलेर काटौँ यो संसारकै पुरानो संस्कृतिलाई
तपाईँ माथिका हाँगा ठुन्क्याउनुस्, म फेँदका जरा काट्छु ।

४.
महाशय, तपाईँ सोचिनुहुन्छ, म सोच्नेमा परेँ
महोदय, तपाईँ त रोजिनुहुन्छ, म रोज्नेमा परेँ
हाम्रो बाटो, साधन र गन्तव्य एउटै नै हो तर
महामहिम, तपाईँ खोजिनुहुन्छ, म खोज्नेमा परेँ ।

०००
रुपन्देही
बदनाम आँचल (२०८२)

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Ishwor Pokharel
Ishwor Pokharel
3 months ago

म चिठीभित्रको विषय हेर्दिनँ, खाम हेर्छु
म ज्ञान र गुण हेर्दिनँ, दौलत र दाम हेर्छु
मेरो दृष्टि नै यस्तै छ यसमा मेरो के दोष
म रचनाको स्तर हेर्दिनँ, लेख्नेको नाम हेर्छु ।…Wow


Nepal Telecom ad
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
पेसा

पेसा

रमेश समर्थन
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
वरदान

वरदान

रमेश समर्थन
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
बेलाको बोली- १६७

बेलाको बोली- १६७

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
1
0
Would love your thoughts, please comment.x
()
x