साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छेपारे रङ्ग र कुर्सीको दङ्ग

लालित्य त देखिन्छ भित्ताका पोस्टरमा न्याय भने हरायो कि कतै रोस्टरमा ? हाँसेरै टार्ने हो कि अलिअलि सोच्ने हो ? व्यङ्ग्यको यो काउकुतीले आफैँलाई घोच्ने हो !

Nepal Telecom ad

नन्दलाल आचार्य :

हातमा झोला, काँधमा झन्डा, गल्ली-गल्ली धाउने
जनतालाई चाहिँ आश्वासनको “पकौडा” ख्वाउने !
बिहानीको घामसँगै विचार फेरिने
कुर्सी देख्दा सिद्धान्तको जालो बेरिने !
हो… कुर्सी देख्दा सिद्धान्तको जालो बेरिने !
​
सपना बाँड्ने मेसिन छ, डिलिभरी छैन
सोझालाई झुक्याउने कुनै जुक्ति बाँकी छैन !
भाषणमा त स्वदेशमै दूधको नदी बग्छ
यथार्थमा युवाको लर्को विमानस्थलतिर लाग्छ !
​नदीका ढुङ्गा बालुवा, नेताको खल्तीमा
जनता चाहिँ रुमल्लिने सधैँ एउटै गल्तीमा !
हो… जनता चाहिँ रुमल्लिने सधैँ एउटै गल्तीमा !

डिजिटल युग रे हजुर, अनलाइनमै कुरा हुन्छ
तर सरकारी अफिसमा सधैँ “भोलि” मात्र पूरा हुन्छ !
बजेट आउँछ हात्ती जस्तो, कार्यान्वयन झिँगा
विकासको नाममा सडकमा सधैँ ढिँगा र गिँगा !
​सडकको खाडलमा माछा मार्ने बेला भो
देश बनाउने सपना त अर्कैको मेला भो !
हो… देश बनाउने सपना त अर्कैको मेला भो !

गठबन्धनको खिचडीमा नुन छ कि छैन ?
कुन दल कता ढल्कियो, कसैलाई पत्तो छैन !
बिहान एउटा देउता पुज्ने, बेलुका अर्कै थान
सौदाबाजीमा नै बित्ने भयो सान र मान !
​सबै भन्छन् ‘देश बनाउँछु’, खल्ती मात्र भरिने
यो कस्तो जात्रा हो हजुर, कहिले नसरिने ?
हो… यो कस्तो जात्रा हो हजुर, कहिले नसरिने !
​
लालित्य त देखिन्छ भित्ताका पोस्टरमा
न्याय भने हरायो कि कतै रोस्टरमा ?
हाँसेरै टार्ने हो कि अलिअलि सोच्ने हो ?
व्यङ्ग्यको यो काउकुतीले आफैँलाई घोच्ने हो !
हो… आफैँलाई घोच्ने हो !

०००
२०८२ फाल्गुन २५ गते ।
उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
जाम

जाम

नन्दलाल आचार्य
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
ग्याँस

ग्याँस

नन्दलाल आचार्य
परान गो

परान गो

भोलानाथ सुबेदी
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x