साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आउँछु भन्दाभन्दै

कान्ला बारीमा बिछट्टै छिटा गोरूले हलो रड्काए जस्तै समय हाम्रो 'सियो'मा खोई कहिले आयो र; सानिमा ! आउला भन्दाभन्दै समयले नेटो काटेछ; सानिमा !

Nepal Telecom ad

ईश्वर पोखरेल :

‘लोकल गाई खोजेरै पालेकी छु’ भन्थ्यौ
‘मालभोग केरा खोजेरै रोपेकी छु’ भन्थ्यौ
‘गलक्क पाकेको केरा दूधमा मुछेर
तैले सप्राङ्ग सप्राङ्ग खाएको
म कहिल्यै बिर्सिन सक्दिनँ’ पनि भन्थ्यौ
‘दूध र केरा पाएपछि तँलाई अरु के चाहिन्छ र’
पनि भन्थ्यौ ।
बोलाएकी थियौ;
आउँछु पनि भनेको थिएँ;
बोलाएकोबोलायै थियौ;
मैले आउँछु भन्न पनि छाडेको थिइनँ;
आउँछु भन्दाभन्दै
समयले नेटो काटिसकेछ, सानिमा!

जहिले पनि भेट्दा
तिमी गहिरो गरी मेरो निधारको खत हेथ्र्यौ;
र, अनुहार एकतमासको पाथ्र्यौ;
तिमीले चरालाई ताकेर हानेको ढुङ्गा
रुखमा बजारिएर मेरो निधारमा आई लागेको थियो
र, तिमी झन्डैझन्डै रोएर भन्थ्यौ-
‘तेरो सङ्लो निधारमा मैले खत खोपी दिएँ है ।’
यो खत बन्नुमा तिम्रो कुनै दोष छैन भन्ने कुरा
मैले तिमीलाई कहिल्यै बुझाउन सकिनँ; सानिमा!
तिमीले घरमा बोलाउन पनि कहिल्यै छाडिनौ; सानिमा!
मैले आउँछु भन्न पनि कहिल्यै छाडिनँ; सानिमा!
आउँछु भन्दाभन्दै समयले नेटो काटिसकेछ; सानिमा!

तिमीसंग मेरो केही हिसाबकिताब मिलाउन बाँकी छ-
मतानमा लुकेर फुट्टिकट खेल्दाखेरिको हिसाबकिताब
बजारमा कचडी र झिल्ली किनेर खाँदाको हिसाबकिताब
तिमीले पढेका किताबमा
‘मेरो नाम जान्न मन छ भने फलानो पेजमा जाउँ’ भनेको रहेछ;
मैले सबै पेज पल्टाएर हेरें र पनि फेला परेन
त्यो पनि तिमीलाई सोध्नु छ ।
हिसाबकिताब र प्रश्नको गुजुल्टो बोकेर
आउँछु भन्दाभन्दै
समयले नेटो काटिसकेछ; सानिमा !

घरको एकरसतामा दिक्क भएपछि म मावल आउँथें
मावल आएकै साँझदेखि म घरमा आमालाई सम्झिन्थें र रुन्थें
तिमी डुम्रीका कुरा गथ्र्यौ
कट्टुस र बयरका कुरा गथ्र्यौ
एैसेलु टिप्न खोल्सैखोल्सा मास्तिर लाग्दा
ढुङ्गामा चिप्लिएर म पछारिँदा
मभन्दा बढी तिमी रोएकी थियौ;
अँगेनाको डिलमा परालको कुसनमा बसेर आगो ताप्दै
हाम्रो साझा अतीतलाई सम्झिन मन नलागेको कहाँ हो र!
कान्ला बारीमा
बिछट्टै छिटा गोरूले हलो रड्काए जस्तै
समय हाम्रो ‘सियो’मा खोई कहिले आयो र; सानिमा !
आउला भन्दाभन्दै
समयले नेटो काटेछ; सानिमा !

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तालु

तालु

ईश्वर पाेखरेल
वर्ल्डकप

वर्ल्डकप

ईश्वर पाेखरेल
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
हबिगत

हबिगत

ईश्वर पाेखरेल
अराजक सहरमा

अराजक सहरमा

विवश पोखरेल
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
धनमहिमा

धनमहिमा

हेम अधिकारी
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
0
Would love your thoughts, please comment.x
()
x