साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लुर्केको भाकल : उँधो न उँभो

आज भोको छस् कि खाइस्, मुरी उमेर हुँदासम्म कसैले कहिल्यै सोधेन। यो संसार सबै बलेकै आगो त ताप्ने रैछन् नि बुझ्दै आयो पेटमा कुरा लियो।

Nepal Telecom ad

सुरेशकुमार भट्ट :

उहिल्यैको कुरा हो खाइथोक भन्ने गाउँमा बाख्राको घाँटीमा झैं गालामा दुवैपट्टि लुर्का झुन्डिएकोले लुर्के भन्ने एउटा २०/२२ उमेरको टुहुरो केटा आफ्नै घरमा एकलै बस्थ्यो। बाउ मरे आधा टुहुरो,आमा मरे सिंगै टुहुरो। बिचरा लुर्के आधा टुहुरो आमाको पेटमै भो पुरै टुहुरो बाह्र पुगेर तेह्र लाग्दा भो। न ऊसका दाजु भाइ न उसका दिदीबहिनी, एक्लै जन्मियो एक्लै हुर्कियो। आमा न बाउ, नाबालक लुर्के घरबार चलाऊ भएर एक्लै बाँच्दैआयो। न बाबु आमाको माया स्नेह न अर्ति उपदेश,आफैं जेजे गर्दै गयो तेहीतेही सिक्दै गो।

कति पटक नजान्दा मुन्टा भर पर्याे, धोका खायो, हाइ कठै भन्दिनी कोही थिएन। उल्टो उसैलाई लुर्के बाबु यो काम गर्देन है, भन्थे। खाइस् कि खाइनस् ? आज भोको छस् कि खाइस्, मुरी उमेर हुँदासम्म कसैले कहिल्यै सोधेन। यो संसार सबै बलेकै आगो त ताप्ने रैछन् नि बुझ्दै आयो पेटमा कुरा लियो। गधा पच्चिसे उमेरले देखिसक्यो । घर ग्रिहस्थीको लागि जरो बाँधेको छैन। अब त कसले सही भन्यो कसले उल्टा सुल्टा भन्यो राम्रै माने लाउन सक्ने भयो। तर पनि मान्छेले उही पुरानै लुर्के टुहुरो सम्झदै रछन् भन्ने पनि मनमा कुरा लाग्नथाल्यो। टुहुराको दिन पतरीमुनि भन्छन्। हाँकेको काम गर्न सक्ने भयो। दिव्य बाह्र बर्ष भो आमाले टुहुरो पारेर गएको पनि।

साउने संक्रान्तिको दिन कोही खसी बोकाको मासु लिएर दगुरेका छन्, कोही ॲाप हल्लाएर भुईंमा बसेर चुसी राछन्।यस्तै रमिता हेर्दै मुलबाटबाटै तारे डाँडा देवकोटाको घरमा पुग्यो। बुढाजिबा घरमै रहेछन् । टाढैबाट भने’बिष्नेको जाल, भगवतीको ख्याल”कता बाट आइस् त नाती आज ? आऽ बा घरैबाट आको। किन के? कामलेआइस् बाबु भन्न भन्। बा यो टुहुरो मोरालाई आज संक्रान्तिको दिनमा कटहर खान मन लाग्यो । कतै पाइहालिन्छ कि भनेर तेसैको चाहरामा हजुरको दैलामा आइपुगें।

अहो बिष्नेको जाल भगवतीको ख्याल । बाबु कहिल्यै नमाग्ने कसैकहाँ काम नपरी नपुग्ने यस्तो मान्छे । आज संजोग देवपित्रीले जुराएर ल्याएछ । बाबु बिष्नेको जाल भगवती ख्याल कटहर पाक्या छ हिं खान्छौ कि लान्छौ ? यहाँ खानी भए अघाउन्जेल खाऊ,  घर लाने भए आधा लिएर जाऊ। घरैलान्छु बा। ल तेसो भए ए साईंला यो नातिलाई त्यो ठूलो चाहिँ कटहर आधा काटेर पठाइदे। साईलाले आधा गलक्कै पाकेको कटहर ल्याएर लाै भाइ लैजाऊ भनेर नजिकै राखिदियो।

मगमग बासआइराथ्यो, लुर्केले बा म यो कटहरको के टक्य्राउँ हजुरलाई। केही पनि पर्दैन बाबु बरु बर्सेनी पाकेको बेलामा “बिस्नेको जाल भगवतीको ख्याल” म बाचुन्जेल आउने गर है। हस् बा हस् भन्दै कटहर रुपसाईट झोलामा हालेर बाटोलाग्यो लुर्के। अरूसबै उसैलाई हेरिरहे । बुढाले भने मुलालाई डोब कल्ले खन्छ र भनेको ठिकै हो बिष्नेको जाल भगवतीको ख्याल” गर्भैमा बाउले छोड्यो, बाह्रै वर्षमा आमाले छोडी खै त हुर्कि हाल्यो। एक्लै बाघ समातेर ल्याउला जस्तो छ। यस्तै टुहुरा टुहुरीलाई दिए गुन लाग्छ बाबु हो।’

लुर्केले घरमा पुगेर पिँडीमा कटहरको झोला बिसायो। घरधन्दा गर्याे बाहिर बस्तुहरुलाई घाँसपात गरेर थान्को मुन्को गरिसकेपछि मन मिल्ने साथी ब्रिखे, बलेलाई बोलायो। तीनजना भएर कटहर फोरेर खानथाले । ब्रिखे र बलेले चार पाँच कोया खानी बित्तिकै मलाई त पुग्यो भन्दै खान छोडेको देखेर हकार्याे ओई केटा हो खाओ न खाओ भन्यो । फेरि दुई दुई कोया खाएर डकार्न थाले। भर्खर टन्न भात खाएर आको भुँडी घोच्न थाल्यो भनेर छेउ लागे। लुर्केले भातकै साटो मिठो भयो सबै खाई सक्यो र बलै कटहरको बोक्रा र लादी उठाएर लगेर भैंसीलाई दियो।अलि बेर तीन भाइ गफगाफ गरेर बसे। आज यही सुतौं है केटा हो भन्यो। दुवैले भने घरमा आज संक्रान्तिको दिन सोध्न जानपर्याे  नि।

ह्या, सोध्न गयो भने हुँदैन भन्लान् बरू यतै सुत्यो भोलि बिहान उठ्यो गयो। हुन्छ हुन्छ हिं सुतौं भन्यो बलेले । बिर्खेले नि हुन्छ भनेर तलामा सुत्न गए। एक निद्राबाट ब्युँझने बित्तिकै लुर्के पेट ढाडियो पोल्यो भनेर असल्टिन थाल्यो। हुँदा हुँदा खलखली पसिना निकाल्यो, उ आत्तियो र औषधी के होला भनेर खोज्न थाल्यो। बिर्खेले भन्यो हाम्रो बाउले भन्या कटहर धेरै खायो भने मास खान पर्छ भनेथे, तँ नि खा लुर्के। जा त उ त्यो घैंटोमा छ एकमुठी निकाल भन्यो,पानीले पखालेर फाँको मार्याे। चपाएर निल्यो। घोप्टो परेर सुत्यो। दिसा लाग्यो भनेर गयो हुँदैन। पिशाव गर्न गयो पिशाव भएन। मात्र बिसको उन्नाइस भयो। तर पेट पोल्न छाडेन। पसिना खलखली चलिरह्यो। निद्रा परेन।

लुर्केले मध्यरात भएपछि ओच्छ्यानबाट उठेर पल्तिर एउटा चकटीमा बसेर भन्यो- मेरो पेटको यो कटहर बिष भयो “उँधोबाट गए नि जाऊ, उँभैबाट जाने भए नि आऊ” हे भगवती माता,  म तिमीलाई एक जोर परेवा लिएर भाकल बुझाउन आउँछु। यो महिना साउन भएकाले भएन हे देवी विन्द्रावती म तिमीलाई भाकल बुझाउन आउँछु आउँछु तर मेरो यो पेट सफा बनाइदेऊ शरणछु माई शरणछु” भनेर फलाक्यो बिर्खे, बले सुनेर हेरि मात्र रहे।

बले पनि जुरूक्क उठेर भन्यो ओई लुर्के हेर ! कटहर बढिखाए घिउ खानु,अरिॅगालले खेदे रहमा जानु” भन्छन् बुढाले बाबै। घिउ छ भने घिउ खा भन्यो । फेरि बिर्खेले लेन त जा तल ठेकीमा छ। बले गएर ठेकी नै ल्याएर दियो। गर्मीको घिंउ लुर्केले ठाडो घाँटी लायो ह्वातत आइहाल्यो। एकमुठी पनि बढि निल्यो होला एक मुठी जति लुगैमा लतपतियो। ल अब सुतौं भनेर सुते। खोई के भो कुन्नि बिहान त। लुर्के अगाडि उठेर टट्टी गएछ। भर्याडबाटै भन्यो हेर भाइ हो बाँचियो । तेरो गोती गटटट गयो नि अैले त हलॅुगो भाछ। ल तेसो भए हामी नि घर जान्छौं। घरमा कहाँ गाथ्यौ कहाँ सुत्यौ भने भने हेर बिर्खे लुर्के बिरामी भएछ उसैलाई कुरेर बस्या भनुम् है ?

ठिक भनिस् बिर्खे,  बलेले र लुर्केले एकै स्वरमा भने। अनि बलेले भन्यो ”हे भगवती माई उँधोबाट (बिर्खेले स्वर थप्यो) गए नि जाऊ, उॅभोबाट गए नि जाऊ, जानलाई जाऊ” हगि लुर्के। बजिया अैले हाँस्छस्, आफू ह्वॅा धन्दै मरिनँ।” खाई मरू खान नछोडुँ” गरिस् नि ठ्याँस्ने।” तो त हो नि भाइ। हा हा हा गरेर एकहलकै मेलो हाँस्तै बले बिर्खे घरतिर लागे।लुर्के आफ्नै बिहानीको घरधन्दामा लाग्यो।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
खरानी केमा लगाम बा ?

खरानी केमा लगाम बा...

सुरेशकुमार भट्ट
मर्ने कसरी रैछ मैले जाने नि दाइ ! हो है भाइ ?

मर्ने कसरी रैछ मैले...

सुरेशकुमार भट्ट
धन्नै गएनन् माझघर बा

धन्नै गएनन् माझघर बा

सुरेशकुमार भट्ट
कि जोत्, कि मेरो पैसा ले

कि जोत्, कि मेरो...

सुरेशकुमार भट्ट
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x