साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘बाउ पर्ने पनि हिं थे नि;’ ए ! 

अब यत्तिकै हो साता दिनलाई,के निहु पाउँ कनिका बुकाउँ” भन्दै छोरी काखी च्यापेर भित्र गइन्। बुढा बाहिर भुतभुताउँदै मकैका झुत्ता पार्न थाले।

Nepal Telecom ad

सुरेशकुमार भट्ट  :

“ए ! म त पर्नेनै पो रचु ? सॅाच्चै बाउ त हैन रैछु नि ? हैन्त ?”
कतिपयले खोते खोते कुरा गर्ने बर नै पाएका हुन्छन्। जतिसुकै हुँदा कुरा गरे नि बटारी हाल्ने। सम्मान गर्याे-कुन स्वार्थ पूरा गर्नलाई हो भन्ने। चाकडी गर्याे-कुन गौंडामा धकेल्न हो भन्ने। बोलेन अबोला घुसघुसे भन्ने, बोल्यो मुखाले चोथाले भन्ने। कुनै पनि काम कुरालाई शंकाको घेरामा राखेर नकारात्मक पोको बाँध्ने। कोही अपरिचित मान्छे बास माग्न आएका-“हामी त पाहुना आको ?”अहो हुन्थ्यो नि तर के गर्ने खै ? म बुढो भैहालें। छोरो घरमा छैन। कसोगर्ने होला ?नानी हो। भनेर भन्नि र मुर्छा परिपरि ॲाफै हाँस्ने। हँसाउँने। खाली गौंडे गौंडे कुरा गर्ने। यस्तै स्वभावका थिए गैराबारी ध्वजे’कान्छाउ’।

उहिल्यै एकसालको कुरा हो-गाउँमा पारी खेतको बिटा लाउने खेताला भन्न गएछन्। लहै ठुले पारी खेतको बिटा लाउँन आउनु है,  हस् बा हस्। ए बाटा घर कान्छा पारी खेतको बिटा लाउँन आऊ है ? हुन्छ नि बा। यसरी नै माथ्लो गाउँका सबैलाई खेताला बोलाएर घर आए । भातसात खाएर एकछिन् ढल्के। नभए बसेकै ठाउँ पनि निद्रा पुर्याउँथे ।  पारी खेतमा बिटा लाउन भनेर गए। तल्ला गाउँका दुईचार जना बाहेक माथ्लो गाउँका एकजना पनि आएनन्। एक बजेसम्म पनि। घरमा खाजा तीसजनालाई ल्याउनु भन्या छन्। पल्लो घरको मेलामा बाटाघर कान्छालाई देखेर भने-ए ! कान्छा तँ पनि त मेलामा आइनस् नत नि ? बाले पारी खेतमा बिटा लाउन आउनु है भन्नु भो मैले हस् भने। यो दिन ऊ दिन कुन्दिन भनेर भन्नु नै भएन नि बा तपाइँले। ए ल भो कि ? तिमीहरूले कहिले भन्नु पर्थ्यो नि। हजुरले भन्नु भएन हामीले सोधेनम्। फेरि भोलि पल्ट गाउँमा गएर यो दिन है भनेर आए तर फेरि खेतै भनेनछन् । फेरि मेलाको दिन बाटाको चौतारामा छोरा विष्णेलाई राखेर आज त पात्लेमा बिटा लाउने हो भन्नु भनी राखेर आफू खेतमा गए। यस्तै के पार के पारका थिए ध्वजे कान्छाउ।

साउन महिनाको एक दिनको कुरा हो कान्छाउ मकै सर्याउँदै  झुत्याउँदै गरिरहेका थिए। बर्षौटे छोराछोरी केटाकेटीहरू पिंढीको खाटमा कोही खेल्ने कोही हग्ने कोही सुत्ने गरिरहेका थिए। संयोगवश खाटको पल्ला छेउमा एक्लै खेलिरहेको छोरो पिंडीमा लडिहालेछ। रून कराउन थाल्यो। कान्छाउ उसैत ढिलो झन् तिघ्रामा सर्याएको मकैको चाङ गएर टिप्न भ्याएनन्, बुढी भित्रबाट ‘मेरो बाबु भन्दै आइन् र टिपेर काखमा लिइन्। खाटैमा हग्ने चाहिँ घिनाएर रोई। छोरो फुल्याउ कि ? भान्सामा हेरौं कि ? खाटमा रोइराकीलाई टिपौं कि ? असिंगार र पसिंगार परेकोले भनिन्-“हैन यी बाउ पर्ने पनि हिं त थे नि ? किन नहेरेको लाला भुला” भन्दै भित्र गएर फेरि बाहिरआइन् ।

यत्तिकैमा कान्छाउले भने-‘ए ! म त पर्ने न रचु” फेरि भने ए ! म त पर्नेनै पो रचु ?” साँच्चै बाउ त हैन रैछु नि ? हैन्त ?भित्रबाट काखमा छोरा च्यापेर ल्याएर बुढाको काखमा राखिदिँदै भनिन् खाली यस्तै भाउँतो भाउँतो बोलिरहने बुढो हुँदा नि।लिनुस् हजुरको छोरालाई भनेर गु मै थचक्क बसेकी छोरीलाई टिपेर ॲागनतिर गइन्। अझै बुढा भन्दैथे मैले भनेको कि तैंले ? तेरा भसुनी। कहाँ कि ? ल हेर त। तेही भएर त बुढापाकाले भने होलान् नि ‘त्रिया चरित्र बुंझ न कोई, स्वामी मारी सती गई”।‘ एक्काईस कूल गाड्छन्, एक्क्साइसै कुल तार्छन्।” अब यत्तिकै हो साता दिनलाई,के निहु पाउँ कनिका बुकाउँ” भन्दै छोरी काखी च्यापेर भित्र गइन्। बुढा बाहिर भुतभुताउँदै मकैका झुत्ता पार्न थाले। यस्तै छ हाम्रो गाउँले ग्रिहस्थीका हविगति।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
खरानी केमा लगाम बा ?

खरानी केमा लगाम बा...

सुरेशकुमार भट्ट
मर्ने कसरी रैछ मैले जाने नि दाइ ! हो है भाइ ?

मर्ने कसरी रैछ मैले...

सुरेशकुमार भट्ट
लुर्केको भाकल : उँधो न उँभो

लुर्केको भाकल : उँधो...

सुरेशकुमार भट्ट
धन्नै गएनन् माझघर बा

धन्नै गएनन् माझघर बा

सुरेशकुमार भट्ट
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x