सुरेशकुमार भट्टगाई भैंसी पाल, घाँस नकाट
”कहाँ हालें मैले खोई ?” सबै हललल हाँसे, कोहि मुन्टो घोसे पारेर हाँसे। हातले थुन्से उठाउँदै भनिन् “यी यो धुन्सेमा हाल्यौ नि पुरै खोष्टा छान्न पर्नि बनाहाल्याै नि।”

सुरेशकुमार भट्ट :
चिउरीको गेडाको महत्व कि त चेपाङलाई थाहा छ कि भने कोललाई थाहा छ। हामीलाई पनि पाकेको चिउरीको मह जस्तो रस र घिउ मुखैमा गढिराछ। तर लोकमा प्रचलित केही भनाई भने यस्तो छ-
घर छेउ रूख, पातकाे के दुख ?
दूना खोरी बोती, टपरी खिप्दा
हाँडाभाँडा जस्तो, यसैमा दिँदा
च्युरी छ गुनिलो, जतन गर,
बिचार पुर्याऊ, घ्यू पिना लिंदा।१
गाई भैंसी पाल, घाँस नकाट
दूध पुरै चुस, चौंठी उकेल
कोलमा लैजाऊ, त्यो चौंठी पेल
सिङमाङ भरी, घिउ भइगो
दिन दिनै खाऊ, घ्यू छेलोखेल।२
पिना लाइदेऊ, बाख्राको जुम्रा
मोहोला लगाऊ, खाएमा मर्ने
जुम्रा नपर्ने, सबै मरी झर्ने
माछा मार्न जाऊ, पिना लैजाऊ
फुर्लुङ भरि भो, घिउमा तार्ने।३
दाइजो एकबाेट, छोरीको लागि
पहिरो गएमा, बियाँ रोप्देऊ
सानो छऊन्जेल, बुटा बार्देऊ
हुर्केर आउँछ, फल्न थाल्छ
रस जति खाऊ, गेडा पेल्देऊ।४
लाहुरे अचार्दको बारी भरि चिउरीको रूख भए नि डाले घाँस काट्दैनथे। वनको छेउको बसाई घाँसको हर्ज पनि हुँदैनथ्यो। त्यसैले गौंथली गाउँका अचार्द भेनाकहाँ चिउरी पाक्ने याममा जति धेरै मान्छे तेति धेरै माखा, मौरी चिउरीको रसको वासनाले झुम्मिन्थे। सधैं जात्रै जस्तो हुन्थ्यो। थुन्सेका थुन्से पाकेको चिउरी ल्याएर मान्छेको अगाडि राखी दिने अनि नजिकै चुसेको खोका फाल्ने थुन्से र गेडा जम्मा गर्ने थुन्से राखिदिन्थे। अलि पर ॲागनको डिलमा गाग्रामा पानी र एउटा सिलवरे लोहोटा राखी दिन्थे खाइसकेर हात धुनलाई।
अचार्द भेना सत्तरीले देख्दा नि खाइलाग्दै थिए युवा जस्तो। हुन पनि किन नहुने, ब्रिटिशको पालामा गोरखा राइफलमा बीस वर्ष बसेका। जिम्नास्टिक हान्ने उफ्रने सबै काम अझै पनि गरिरहन्थे। एकफेर एक हात एक खुट्टा टेकेर जम्प गरेपछि डण्डिबियो घुमेझैं फनफनी पाँचसात फेर घुमेको देख्दा सबै अचम्म मान्थे। ठिक्कका कदका कसिला हात पाखुरा पहिले पहिले त पाखुराका मसलका डल्ला पनि देखाउँथे। यति रमाइला गफ गर्थे कि ? कुनै बेला त शरम लागेर सबै घोसे मुन्टो लाउँथे। कोही उठेर भागाभाग गर्थे लाजले।
एक दिनको कुरा हो वल्लो गाउँ,पल्लो गाउँ, तल्लो गाउँ, पारी गाउँ, माथिल्लो गाउँ अनि टारीगाउँका समेत बोलाएकाले चिउरी खान आएर बसे । थुन्से, डालामा चिउरी र खाली २/४ वटा थुन्से बियाँ र चुसेको, चिउरीको थैला राख्न चिउरी नजिकै राखिदिए। सबै नै चिउरी खाँदै गफ गर्दै आपसमा कुरा गर्दै खाँदै गर्दैथे।उता अचार्दका बुढाबुढी पनि
आपसमा कुरा गर्दै काम गर्दै थिए। सबैको आआफ्नै धुन थियो, अचार्दको घरको ॲागनीमा जम्मा भएका मानिसहरूको। यसै बिचमा अचार्दको बुढी कराइन् हैन के गर्या ? चिउरीको गेडा टिपेको नि देखिनस् कि ॲाखा बन्द भो ? धत्तेरी यी बुढाको त कामै छैन नि भन्या । जहिले नि गेडै हाल्छन् ?
”कहाँ हालें मैले खोई ?” सबै हललल हाँसे, कोहि मुन्टो घोसे पारेर हाँसे। हातले थुन्से उठाउँदै भनिन् “यी यो धुन्सेमा हाल्यौ नि पुरै खोष्टा छान्न पर्नि बनाहाल्याै नि।” हो र भन्या ? एक दुई फेर भुलेर होला त नि।” हो हो भेना। ढकाल कान्छाले भने, “अल्देखि आ दिदी बुढो मान्छे ॲाखा नदेखेर भुलेर होला नि ।” नकराऊनु कान्छा तपाइँ नि सधैं दिन दिनै भुल्छ त कोही ? फेरि हाँसो फैलियो । कतिले, चिउरी सर्काएर नाक ठिं ठिं गर्दै पनि थे। हाँसो बेसरी मौलायो एक छिन्। त्यसपछि सबै चुस्ने र उकेल्नेमै व्यस्त रहे। यस्तै छ हाम्रो पहाडी गाउँघरको रमाइलो उपकथा।
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































