साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्वाभिमान

लिथियम, निकेल र ग्राफाइट सिद्धिएको ब्याट्री जस्तै हुन्छ ब ऊ दोबाटो, चौबाटोमा दिनभरि असिनपसिन हुँदै स्वाभिमान फलाक्छ हरेक अवसरवादीले झैँ ।

Nepal Telecom ad

डा. श्यामप्रसाद न्यौपाने :


चाकरी गर्छ
कर्णले दुर्योधनको
मन्थराले कैकेयीको झैँ

मनग्गे भौतिक सुख प्राप्त गर्दछ

शिशुपाल, कंसको चाकरीमा रमाएझैँ
ऊ चाकरीमा रमाउँछ
चाकरी गर्न पाउँदा
पूर्णिमाको जून हुन्छ
हावामा फिर्फिेरेझैँ
फुर्र फुर्र नाच्छ
अनि
गुलाब फक्रिएझैँ मुसुक्क हाँस्छ
चिर्बिरे चरी स्वच्छन्द गायनमा मस्त भएझैँ
सुमधुर गीत फुस्फुसाउँछ ओठबाट

चाकरीमा रमाउन पाउँदा
विषयभोगीले ईश्वरीय तत्त्व बिर्सिएझैँ
कोरोना रोगीको जिब्रोले
स्वाद थाहा नपाएझै
आफ्नै अस्तित्व बिर्सन्छ
उसलाई
स्वाभिमान गन्हाउन थाल्दछ

जब उसको चाकरी
सोकेसको कुनामा परेर
मक्किएको बिस्कुटजस्तै
धमिराले धुजा धुजा परेको पुस्तकजस्तै
लिथियम, निकेल र ग्राफाइट सिद्धिएको
ब्याट्री जस्तै हुन्छ
ब ऊ
दोबाटो, चौबाटोमा
दिनभरि असिनपसिन हुँदै
स्वाभिमान फलाक्छ
हरेक अवसरवादीले झैँ ।

०००
सुनवल – १२ भुमही, नवलपरासी ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कौवाहरू

कौवाहरू

डा. श्यामप्रसाद न्यौपाने
तीन ठोक्तक

तीन ठोक्तक

डा. श्यामप्रसाद न्यौपाने
चार ठोक्तक

चार ठोक्तक

डा. श्यामप्रसाद न्यौपाने
अगुवाहरूलाई धन्यवाद

अगुवाहरूलाई धन्यवाद

डा. श्यामप्रसाद न्यौपाने
चारवटा ठोक्तक

चारवटा ठोक्तक

डा. श्यामप्रसाद न्यौपाने
बुबा

बुबा

विदुर अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
0
Would love your thoughts, please comment.x
()
x