डा. श्यामप्रसाद न्यौपानेअगुवाहरूलाई धन्यवाद
प्रतिबद्धता गरेका थिए तर पूरा गरेनन् मीठा सपना देखाएर थाङ्नामा सुताए धन्य हाम्रा अगुवा जसले हामीलाई थाङ्नामा सुताएर देशलाई जापान, सिङ्गापुर र स्विटजरल्यान्ड हुनबाट जोगाए ।

हाम्रा अगुवाले
धन्न पूरा गरेनछन् प्रतिबद्धता
पूरा गरेका भए
आज
न हामीले नेपाली हौं भन्न पाउँथ्यौं होला
न यो मुलुक नेपाल रहन्थ्यो होला
प्रतिबद्धता पूरा गरेको भए
यो मुलुक उहिल्यै जापान हुन्थ्यो
उहिल्यै सिङ्गापुर हुन्थ्यो
उहिल्यै स्विटजरल्यान्ड हुन्थ्यो
हाम्रा अगुवा !
जसले निर्वाचनताका हामीसँग
देशलाई सिङ्गापुर बनाइदिने
जापान बनाइदिने
स्विटजरल्याण्ड बनाइदिने
प्रतिबद्धता गरेका थिए
तर पूरा गरेनन्
मीठा सपना देखाएर थाङ्नामा सुताए
धन्य हाम्रा अगुवा
जसले हामीलाई थाङ्नामा सुताएर
देशलाई जापान, सिङ्गापुर र स्विटजरल्यान्ड हुनबाट जोगाए ।
०००
सुनवल- १२ नवलपरासी
Subscribe
Login
0 Comments
Oldest







































