साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डा. चालिसेको ‘पाका मान्छेका कुरा’ पुस्तक लोकार्पण

पुस्तक अग्रज व्यक्तित्व वरिष्ठ पत्रकार भैरव रिसाल तथा कृष्मुरारी गौतमलगायत दश जना पाका मानिसद्वारा काठमाडौंमा एक कार्यक्रम बीच लोकार्पण गरियो ।

Nepal Telecom ad

काठमाडौं । प्रा.डा मुकेशकुमार चालिसेद्वारा लिखित ‘पाका मान्छेका कुरा’ जेष्ठ नागरिकका बारेमा लेखिएको पुस्तक अग्रज व्यक्तित्व वरिष्ठ पत्रकार भैरव रिसाल तथा कृष्मुरारी गौतमलगायत दश जना पाका मानिसद्वारा काठमाडौंमा एक कार्यक्रम बीच लोकार्पण गरियो ।

पाका मान्छेहरूले खचाखच उक्त कार्यक्रममा जेष्ठ नागरिक अथवा खारिएका मान्छेका विभिन्न पक्षको चित्रण गरिएको यस पुस्तकका बारेमा एजिङ नेपालका अध्यक्ष कृष्णमुरारी गौतमले जेष्ठ नागरिक ऐन र त्यसले संरक्षण गरेको पक्षको तुलनात्मक व्याख्या गर्नुभयो । पाका मान्छेका कुराको पुस्तकका आन्तरिक पक्षको विश्लेषण गर्दै फित्कौली डटकमका सम्पादक तथा हास्यव्यङ्ग्यकार नरनाथ लुइँटेलले कृतिमा जेष्ठ नागरिकका विभिन्न पक्षको सबल चित्रण गरिएको कुरा उल्लेख गर्नुभयो ।

जेष्ठ नागरिक आान्दोलनका अगुवा सिताराम ढकालको प्रसङ्ग उद्धृत गर्दै डिआजी भीम ढकालले जेष्ठ नागरिकका हक र हितका लागि गरिएका आन्दोलनको चर्चा गर्नुभयो । बाआमाको सधैं राम्रो हेरविचार गर्नुपर्छ भन्ने विचार व्यक्त गर्नुभयो । आफ्ना हजुरबा र हजुरआमाको प्रेरणा र हेरविचारको कोणबाट कानुनको अध्ययन गरी अधिवक्ता बनेका प्रज्वलराज ज्ञवालीले हजुरआमाको जीवनवृत्त समेटेर नलिनी नामक पुस्तक लेखेको विचार व्यक्त गर्नुभयो ।

अग्रजका बारेमा मीठासपूणर् कविता वाचन गर्दै वरिष्ठ कवि रमेश खकुरेलले वृद्धावस्थाको काव्यात्मक चित्रण गर्नुभयो ।

पुस्तकका लेखक प्रा.डा. मुकेशकुमार चालिसेले वृद्ध मानिसका सबै पक्षको चित्रणका साथै आनीबानी र व्यवहारका कुरालाई पुस्तकमा समेटिएको कुरा उल्लेख गर्नुभयो ।

पाका मान्छेका कुरा पुस्तकले बृद्धाका हक हित र नागरिक अधिकारको संरक्षणा सम्बन्धी आवाज उठाएको र अस्पताल लगायत अन्य क्षेत्रमा जेष्ठ नागरिकको उपचार र संरक्षणमा काम गर्नुपर्ने कुरा बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ पत्रकार तथा साहित्यकार भैरव रिसालले वृद्धावस्थाका समस्याको वणर्न गर्दै परिवारको सहयोग र माया पाउन सरल बनिदिनु पर्ने प्रसङ्गको उल्लेख गर्नुभयो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x