सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

छायाँदेवी चेतनाथ गजल पुरस्कार समर्पण

अग्रज गजलकार रवि प्राञ्जल, करुण थापा, आख्यानकार अमर न्यौपाने, पुरस्कार कोषका संरक्षक जे.सागर र उहाँका मातापिता छायाँदेवी पराजुली र चेतनाथ पराजुलीले पुरस्कार प्रदान गर्नुभएको थियो ।

Nepal Telecom ad

काठमाडाैं, ०८० कार्तिक २५ । छायाँदेवी चेतनाथ गजल पुरस्कार २०७८ र २०७९ हिजो प्रदान गरिएको छ । उक्त पुरस्कार २०७८ का लागि वसन्त ओली वसन्तीको गजल संग्रह ‘बोई’ र २०७९ का लागि प्रदीप रोदनको गजल संग्रह ‘मफलर’ लाई प्रदान गरिएको हो ।

राजधानीको कलङ्की स्थित दृश्य होटलमा सम्पन्न पुरस्कार वितरण समारोहमा अग्रज गजलकार रवि प्राञ्जल, करुण थापा, आख्यानकार अमर न्यौपाने, पुरस्कार कोषका संरक्षक जे.सागर र उहाँका मातापिता छायाँदेवी पराजुली र चेतनाथ पराजुलीले पुरस्कार प्रदान गर्नुभएको थियो ।

बुलबुल पब्लिकेसनका निर्देशक तथा पुरस्कार कोषका संयोजक अच्युत घिमिरेले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा पुरस्कृत गजलकारद्वय ओली र रोदनले आफ्ना गजल वाचन गर्नुभएको थियो भने गायक राज सिग्देलको विशेष सांगीतिक प्रस्तुति रहेको थियो ।

साथै गायक राज सागर र कृष्ण पराजुलीलेपनि आफ्नो प्रस्तुति दिनुभएको थियो । कार्यक्रममा रवि प्राञ्जल, करुण थापा अमर न्यौपाने र जे.सागरले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

गजलकार जे.सागरले आफ्ना मातापिताको नाममा २०७४ सालमा स्थापना गरेको उक्त पुरस्कार त्यसयता नियमित प्रदान गरिंदै आएको छ । १० हजार नगद राशी सहितको उक्त पुरस्कारको संयोजन बुलबुल पब्लिकेसनले गर्दै आएको छ ।

०००

Fitkauli Publication Books comming soon
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x