पूर्णविराममहाकवि गर्दैछु तिम्रो बन्दना
थियौ दयालु उत्तिकै आङको वस्त्र पनि दिने दुःखी असहायलाई गर्दै सहयोग बाटोमा हिँड्ने अहो ! तिमी जस्तो सपूत अब को नै जन्मिन्छ र राम्रा कृति लेखेर हामी माझ भयौ सधै अमर॥

सरु ज्ञवाली :
आफ्नै पिताका कविताहरू पढी प्रेरणा पाएका 
कवि शिरोमणिबाट पनि निकै प्रभावित भएका
नेपाली भाषा साहित्यलाई उल्था गरी अंग्रेजीमा
पहिलो व्यक्ति बनी चिनाए सबै पश्चिमी देशमा ॥
थियो दयनीय अवस्था घरको ठूलो परिवार पनि
बस्यौ भोकै दिनदिन गरिबी दरिद्रता थियो भनी
लेखी काव्य मुनामदन, शाकुन्तल, सुलोचना धेर
लियौ त्यै काव्यबाटै रसपान साहित्यको जतिखेर ॥
ज्ञाता चौध भाषाका अद्भूत शक्तिशाली तिमी
लेखी नौ भाषामा रचना सर्व व्यापी बन्दै हिँडी
पायौ महाकविको पदवी सम्म्मानका साथमा
उठायौ माथि नेपाली साहित्य विश्वको माझमा ॥
थियौ दयालु उत्तिकै आङको वस्त्र पनि दिने
दुःखी असहायलाई गर्दै सहयोग बाटोमा हिँड्ने
अहो ! तिमी जस्तो सपूत अब को नै जन्मिन्छ र
राम्रा कृति लेखेर हामी माझ भयौ सधै अमर॥
साहित्य नै हो मनमा छुट्टै आनन्द दिने साधना
गर्छु लाख लाख बन्दना तिम्रो लाखौँ शुभकामना
नजानी नजानी म पनि कोर्दै छु साहित्य सृजना
देऊ धेर ज्ञान हे ! महाकवि गर्दैछु तिम्रो बन्दना ॥
०००
भैरहवा
Subscribe
Login
0 Comments
Oldest




































