साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कौवाहरू

तिनका पेटमा तिखा भाला हुन्छन् आवरणजस्तो भए पनि उच्च स्थानमा दुर्गन्धित पाइला टक्क टेकेर काँऽऽ काँऽऽ कराए ।

Nepal Telecom ad

डा. श्यामप्रसाद न्यौपाने :

कौवाहरूका आँखाले देख्दैन
खेतखलिहानमा लहलह झुलिरहेका
अनि तिनका मालीहरू
सुवर्णमय अन्नबालीहरू
देख्दैनन् धर्ती सजाउने
रङ्गीबिरङ्गी फूल
जिन्दगी हेर्दैनन्
मायाले बेर्दैनन्
उनीहरूको अर्जुनदृष्टि
केवल खासमा हुन्छ
दुर्गन्धित लासमा हुन्छ ।
कौवाहरू
जस्तो कि –
मनका काला हुन्छन्
सुकेको होस् वा हरियो
थाप्लो होस् वा बरियो
तिनका पेटमा तिखा भाला हुन्छन्
आवरणजस्तो भए पनि
उच्च स्थानमा दुर्गन्धित पाइला
टक्क टेकेर काँऽऽ काँऽऽ कराए
भयो कौवाहरूले
जतिसक्दो बेथिति गराए
भयो ।

०००
(shyamneupane974@gmail.com)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
तीन ठोक्तक

तीन ठोक्तक

डा. श्यामप्रसाद न्यौपाने
चार ठोक्तक

चार ठोक्तक

डा. श्यामप्रसाद न्यौपाने
अगुवाहरूलाई धन्यवाद

अगुवाहरूलाई धन्यवाद

डा. श्यामप्रसाद न्यौपाने
चारवटा ठोक्तक

चारवटा ठोक्तक

डा. श्यामप्रसाद न्यौपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x