साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यहाँ कृत्रिम समाजसेवी उपलब्ध छन् थोकमा !

टाउको डुबाएर खान्छन्,अरूको खीर नाम लेखाउन अधीर, दान नदिएरै दानवीर। थचक्क बसेका, भरपुर पाखण्डको ढोंगमा। हो हजुर ! यहाँ कृत्रिम समाजसेवी उपलब्ध छन्, थोकमा, चोक- चोकमा।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

हो हजुर!यहाँ कृत्रिम समाजसेवी
उपलब्ध छन् थोकमा, चोक- चोकमा।

गल्ली गल्लीमा ,बिना रोकटोकमा
बनेका समाजसेवी, झोक झोकमा
विशेष भोकमा, कोही विशेष तोकमा
हो हजुर ! यहाँ कृत्रिम समाजसेवी
उपलब्ध छन् थोकमा, चोक- चोकमा।

काममा पछाडि, फोटोमा अगाडि
भर्न स्वार्थको हाँडी, लाजशर्म छाडी,
नक्कली सेवाको, प्रकोपको आलोकमा
हो हजुर ! यहाँ कृत्रिम समाजसेवी
उपलब्ध छन् थोकमा, चोक- चोकमा।

समाचारमा नायब, काममा गायब।
नारामात्र खोक्रा, देखाउँछन् बोक्रा।
के होला यिनको हाल परलोकमा
हो हजुर ! यहाँ कृत्रिम समाजसेवी
उपलब्ध छन्,थोकमा, चोक- चोकमा।

टाउको डुबाएर खान्छन्, अरूको खीर
नाम लेखाउन अधीर, दान नदिएरै दानवीर।
थचक्क बसेका, भरपुर पाखण्डको ढोंगमा।
हो हजुर ! यहाँ कृत्रिम समाजसेवी
उपलब्ध छन्, थोकमा, चोक- चोकमा।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x