साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भगवान र भेडाहरू

नमाज पढ्न लागेका मौल्वीलाई बुद्धले केही भन्न खोज्दै थिए, मुसलमानहरू कोरोना सल्काउन आएको सन्यासी भन्दै लखेटेर क्वारेण्टाइनमा हाल्दिए ।

Nepal Telecom ad

भाेजराज रेग्मी मुखाले :

आ–आफ्ना आस्थाको कित्तामा विभक्त भक्तहरू महामारीको सन्त्रासले आकुल ब्याकुल भए । यो सङ्कटबाट मुक्ति पाउन भक्तजन आलापविलाप सहित प्रार्थना गरिरहेको देखेपछि भगवानहरूलाई पनि अमन चयन भएन । सबैले आ–आफ्ना आसनबाट ध्यानदृष्टि लाएर मत्र्यलोकतिर दिव्यचक्षु घुमाउँदा सबैले आ–आफ्ना प्रभुलाई पुकारा गरिरहेको देखे । गाउँका भन्दा शहरका भक्तजनहरू धेरै नै आत्तिएका देखिए ।

भक्तहरूको पाखण्डी व्यवहारको कारण मनुष्यले तोकिदिएको स्थल छोडेर भगवानहरू सुटुक्क अन्तै बस्ने गरेका थिए । सबै भक्तहरू अर्थ स्वैच्छिक बन्दाबन्दीमा रहेकाले कोही पनि मठमन्दिर, मस्जिद, गुम्बा र गिर्जाघर नगई आफ्नै वासस्थानबाटै भगवानलाई पुकारिरहेका थिए ।

यस्तो दुरावस्थामा कम्तिमा पनि आ–आफ्ना भक्तहरूलाई यो सङ्कटबाट पार नलगाउने हो भने भयङ्कर अनर्थ हुनेछ । ईश्वरप्रति नै अनास्था उत्पन्न भई अराजकता शुरू हुनेछ । तसर्थ यथाशीघ्र ठोस कदम चाल्नै पर्ने कुरामा भगवानहरूको मतैक्यता भयो । तर, एउटा कुराले भने समस्या खडा गर्ने भो । आ– आफ्ना भक्तहरूको जाँदा मान्छेहरू धुइरो लागेर अर्को उपद्रो हुने खतरा देखेपछि फरक फरक ठाउँमा पुगेर अवलोकन गरी प्रतिवेदन तयार गरि भक्तजनहरूको प्याकेजमै कल्याण गर्ने सहमति भयो । भगवानहरू आपसी सहमतिअनुसार आ–आफ्ना क्षेत्रमा खटिए ।

बाघको छालाको कछाड, सर्पको माला लगाएको जोगीलाई देखेर कृस्तानहरू झस्किए । यो जोगी पक्कै पनि हामीलाई कोरोना फैलाउन आएको हुनुपर्छ भनेर चिच्याउन थाले । महादेवले चुँइक्क बोल्न नपाई कृष्चियनहरूले लधारेर नजिकैको क्वारेन्टाइनमा हाल्दिए । नमाज पढ्न लागेका मौल्वीलाई बुद्धले केही भन्न खोज्दै थिए, मुसलमानहरू कोरोना सल्काउन आएको सन्यासी भन्दै लखेटेर क्वारेण्टाइनमा हाल्दिए ।

यही हालत भोग्दै पैगम्बर मोहम्मद र येशुखृष्ट पनि क्यारेण्टाइनमा कोचिन पुगे । यता सबै भक्तजनहरू आफू बालबाल बच्न सफल भएकोमा भगवानको जयजयकार गर्दै लकडाउनमा कडाई नगरेको भन्दै सरकारको आलोचना गर्दैछन् भने सरकारी र निजीमिडियाहरू क्यारेण्टाइनबाट शङ्कास्पद चारजना व्यक्तिहरू भागेको र तिनको खोजी कार्य भइरहेको खबर
फुकिरहेका छन् ।

०००
सद्य विमोचित ‘जंगबहादुरको फ्रेन्ड रिक्वेस्ट’ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सेकेण्ड ह्याण्ड

सेकेण्ड ह्याण्ड

भोजराज रेग्मी ‘मुखाले’
प्रोफेसर भाइरल

प्रोफेसर भाइरल

भोजराज रेग्मी ‘मुखाले’
भुक्तमान नेपाली

भुक्तमान नेपाली

भोजराज रेग्मी ‘मुखाले’
भ्यागुताको भ्यासेक्टोमी

भ्यागुताको भ्यासेक्टोमी

भोजराज रेग्मी ‘मुखाले’
चङ्खे र नक्कली

चङ्खे र नक्कली

भोजराज रेग्मी ‘मुखाले’
पाँच थप्पड

पाँच थप्पड

भोजराज रेग्मी ‘मुखाले’
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x