साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हुँ भ्यागुता कूपको

हुर्कें शैशवकाल निम्न घरमा निर्धा थिए बा पनि सिक्ने तत्वहरू सबै नियतिले खोसी लगे ती पनि । मर्यादा गरिबी अभाव अहिले बाँच्ने कला भैदियो राम्रो भन्नुभयो महोदय अहो ! हूँ भ्यागुुता कूपको ॥

Nepal Telecom ad

नदी भट्टराई :

मान्छे नै जब चन्द्रमा पनि पुगे भन्छन् सबै मानव
के बाँकी छ र आज अन्य ग्रहमा पुग्नै नसक्ने जड ।
यो मान्छे म अझै तलै भुइँमा शून्यादि शोपानको
राम्रो भन्नुभयो महोदय अहो ! हूँ भ्यागुता कूपको ॥१॥

केही छैन ममा नयाँ प्रगतिका आशा भरोसा कतै
खाली कल्पिरहन्छु भिन्न रचना फुस्रो र खस्रो सबै ।
के बोक्नु अनुराग दीर्घ सपना बाली दियो साँझको
राम्रो भन्नुभयो महोदय अहो ! हूँ भ्यागुता कूपको ॥२॥

के हुन् वर्णहरू तथापि यसमा त्यो ह्रस्व वा दीर्घ के
के हुन् काव्य तथा कथा र कविता भाषा र आख्यान के ।
के व्युत्पत्ति समास धर्म नबुझी शब्दार्थ बन्ने भयो
राम्रो भन्नुभयो महोदय अहो ! हूँ भ्यागुता कूपको ॥३॥

के हुन् शब्द बनेर अर्थ प्रतिको शब्दार्थ भावार्थ के
लेख्ने जोश हुँदा उदाङ्ग दिलमा सोचेर के लेख्नु के
जानी लेख्न सकिन्न यो रहरमा आवेग मात्रै भयो
राम्रो भन्नुभयो महोदय अहो ! हूँ भ्यागुता कूपको ॥४॥

के हुन् शास्त्रहरू न ज्ञान कटिलो जान्दै नजान्ने भएँ
मान्छेको रखबार गर्न सजिलो बाटो नचिन्ने भएँ ।
अर्काको घरखेत चर्न गतिलो बाख्रो बने खोरको
राम्रो भन्नुभयो महोदय अहो ! हूँ भ्यागुता कूपको ॥५॥

हुर्कें शैशवकाल निम्न घरमा निर्धा थिए बा पनि
सिक्ने तत्वहरू सबै नियतिले खोसी लगे ती पनि ।
मर्यादा गरिबी अभाव अहिले बाँच्ने कला भैदियो
राम्रो भन्नुभयो महोदय अहो ! हूँ भ्यागुता कूपको ॥६॥

०००
इलाम

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Komal
Komal
1 year ago

राम्रो

Nepal Telecom ad
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
1
0
Would love your thoughts, please comment.x
()
x