साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ज्येष्ठहरू अति कष्ट सहन्छन्

थर्थर काँप्दछ देह विदीर्ण हाड शिला धुलिएसरि चूर्ण भार भयाे अब जीवन भन्छन् ज्येष्ठहरू अति कष्ट सहन्छन् ।

Nepal Telecom ad

टीका आत्रेय :

आँगन याे परदेश भए झैँ
लाग्दछ दूर छिमेक सधैँ नै
जीवन भार भएसरि ठान्छन्
ज्येष्ठहरू अति कष्ट सहन्छन्।

राेग पसी तन पार्दछ जीर्ण
जीवन लाग्छ तथापि अपूर्ण
दृष्टि हुने मधुराे मधुराे झन्
ज्येष्ठहरू अति कष्ट सहन्छन्।

आहत भाव बढेर चुलिन्छ
हिम्मत घट्छ जसै बल घट्छ
आखिरमा टुहुरासरि हुन्छन्
ज्येष्ठहरू अति कष्ट सहन्छन् ।

वज्र थिए पहिले बलशाली
छन् अहिले कमला तरु डाली
वृद्ध भएपछि शाेक थपिन्छन्
ज्येष्ठहरू अति कष्ट सहन्छन् ।

थर्थर काँप्दछ देह विदीर्ण
हाड शिला धुलिएसरि चूर्ण
भार भयाे अब जीवन भन्छन्
ज्येष्ठहरू अति कष्ट सहन्छन् ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अब आसिकले परिपूर्ण भयौँ

अब आसिकले परिपूर्ण भयौँ

दीनानाथ पाेखरेल
सधैँ ज्येष्ठसाथ !

सधैँ ज्येष्ठसाथ !

कविराज घिमिरे
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

बिन्दु दहाल ‘मूकदर्शक’
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

चेवनचन्द्र बस्नेत
दसैँ मान्न पाऊँ सधैं ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैं...

कमला पन्थी अधिकारी
0
Would love your thoughts, please comment.x
()
x