साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ज्येष्ठहरू अति कष्ट सहन्छन्

थर्थर काँप्दछ देह विदीर्ण हाड शिला धुलिएसरि चूर्ण भार भयाे अब जीवन भन्छन् ज्येष्ठहरू अति कष्ट सहन्छन् ।

Nepal Telecom ad

टीका आत्रेय :

आँगन याे परदेश भए झैँ
लाग्दछ दूर छिमेक सधैँ नै
जीवन भार भएसरि ठान्छन्
ज्येष्ठहरू अति कष्ट सहन्छन्।

राेग पसी तन पार्दछ जीर्ण
जीवन लाग्छ तथापि अपूर्ण
दृष्टि हुने मधुराे मधुराे झन्
ज्येष्ठहरू अति कष्ट सहन्छन्।

आहत भाव बढेर चुलिन्छ
हिम्मत घट्छ जसै बल घट्छ
आखिरमा टुहुरासरि हुन्छन्
ज्येष्ठहरू अति कष्ट सहन्छन् ।

वज्र थिए पहिले बलशाली
छन् अहिले कमला तरु डाली
वृद्ध भएपछि शाेक थपिन्छन्
ज्येष्ठहरू अति कष्ट सहन्छन् ।

थर्थर काँप्दछ देह विदीर्ण
हाड शिला धुलिएसरि चूर्ण
भार भयाे अब जीवन भन्छन्
ज्येष्ठहरू अति कष्ट सहन्छन् ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
0
Would love your thoughts, please comment.x
()
x