साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सन्तान आफ्ना बिग्रिँदा

याे सृष्टि धान्ने वंश हुन् सन्तान आफ्ना अंश हुन् आमा बुबाकाे लागि यी सन्तान नै सर्वस्व हुन् फैलिन्छ बास्ना फूलझैँ सन्तान हाम्रा सुध्रिँदा भासिन्छ पृथ्वी भासमा सन्तान आफ्ना बिग्रिँदा ।

Nepal Telecom ad

टीका आत्रेय :

सन्तानलाई काेखमा राखेर आमा साेच्दछिन्
संसारकाे आनन्द हाे सन्तान आफ्ना भन्दछिन्
छैनन् गुनासा चित्तमा आफ्नै जवानी निख्रिँदा
भत्किन्छ सारा जिन्दगी सन्तान आफ्ना बिग्रिँदा।

सन्तान बाेकी काँधमा बाबाहरू याे ठान्दछन्
आकाशभन्दा माथि हुन् सन्तान आफ्ना मान्दछन्
हाे स्वर्ग लाग्थ्यो काख नै वात्सल्य खेल्दै हुर्किँदा
काँडा बिझेझैँ श्वासमा सन्तान आफ्ना बिग्रिँदा ।

निद्रा लुकाई रातमा सन्तानका ती भावना
पूरा नगर्ने हुन्छ काे सन्तानका ती चाहना
त्याे त्यागले संसार याे फक्रिन्छ साँच्चै सम्झिँदा
सर्वत्र निन्दा हुन्छ नै सन्तान आफ्ना बिग्रिँदा ।

याे सृष्टि धान्ने वंश हुन् सन्तान आफ्ना अंश हुन्
आमा बुबाकाे लागि यी सन्तान नै सर्वस्व हुन्
फैलिन्छ बास्ना फूलझैँ सन्तान हाम्रा सुध्रिँदा
भासिन्छ पृथ्वी भासमा सन्तान आफ्ना बिग्रिँदा ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
वृद्धपीडा

वृद्धपीडा

टीका आत्रेय
सङ्कल्प

सङ्कल्प

टीका आत्रेय
बुबामा समर्पण

बुबामा समर्पण

दुर्गा रिमाल अधिकारी
वृद्धवेला

वृद्धवेला

आत्माराम न्यौपाने
0
Would love your thoughts, please comment.x
()
x