साइबर अपराध सम्बन्धी सचेतना सामग्री

होस् वृद्धबेला सुखको निसान

छन् लाख चिन्ता मनका कुनामा । के पुर्छ खाल्डो चिज होस् दुनामा ? गर्छन् यिनैले जडको निदान । होस् वृद्धबेला सुखको निसान ।।

Nepal Telecom ad

दीनानाथ पोख्रेल :

चल्दैछ संसार विचार गर्नू ।
सद्‌ज्ञानले यो दिल पूर्ण भर्नू ॥
सम्झौँ सबैले हितका सिरान ।
होस् वृद्धबेला सुखको निसान ।।०१।।

छन् कृत्य उम्दा युगज्ञान भर्छन् ।
सन्ताप,सङ्‌कष्ट डटेर हर्छन् ।।
हुन् ज्ञान बाँड्‌ने गुणका बिहान ।
होस् वृद्धबेला सुखको निसान ।।०२।।

संसारको सार सबै खिचेर।
दिन्छन् सुबाटो सिपले सिँचेर ॥
हुन् वृद्ध ज्ञानी कृतका मुहान।
होस् वृद्धबेला सुखको निसान ।।०३।।

छन् कर्मबाधा सब दूर सार्छन् ।
शिल्पी कलाका भवमा उमार्छन् ॥
गर्छन् बिचारी पथको किटान ।
होस् वृद्धबेला सुखको निसान ।।०४।।

छन् लाख चिन्ता मनका कुनामा ।
के पुर्छ खाल्डो चिज होस् दुनामा ?
गर्छन् यिनैले जडको निदान ।
होस् वृद्धबेला सुखको निसान ।।०५।।

०००
सुम्बेक, इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
माता यी पतिकी मुमा सरह नै…

माता यी पतिकी मुमा...

दीनानाथ पाेखरेल
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

दीनानाथ पाेखरेल
वृद्धाहरू सबल छन् अब राज्य हाँक्न

वृद्धाहरू सबल छन् अब...

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

इन्दिरा प्रयास
हाम्रो बचाओैँ अस्मिता

हाम्रो बचाओैँ अस्मिता

कल्पना अधिकारी
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
0
Would love your thoughts, please comment.x
()
x