साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुबामा समर्पण

पराग रागमा जले उराठिलो मसानमा अडेग डेग हुन्न भो सुहाउँदैन मूर्च्छना अकाल काल आँशुमा नुहाउँदैछ हुण्डरी विवाद गर्छ पिण्डले शिरान आड पाखुरी॥

Nepal Telecom ad

दुर्गा  रिमाल अधिकारी :

१) निसाफ हुन्न क्वै गरी विवाद उठ्छ बातमा
निकाल स्वार्थका कुरा निदान हुन्न आँतमा
बतास चल्छ सुस्तरी कपास झैं उडे हुरी
बनेर दर्दका कुरा खेलीरहे मनै भरि ॥

२) विराम रामले गरे तसर्थ छाैँ बिछोडमा
हराम राम भै गयो समस्त अस्त तोडमा
शिकार गर्छ त्यै खुनी विकार पार हुन्न भो
चुँडेर लग्छ जीवनी अशक्त शक्त झैं हियो ॥

३) बुबा भनी पुकारियो विलाप बास शून्यता
शिरानमा थियो चिता शरीर अन्त्य उष्णताा
अचेत चेत भावमा भिरेर रुद्र अक्षमा
कुमाल माल चालको उचाइलो निधारमा ॥

४) पराग रागमा जले उराठिलो मसानमा
अडेग डेग हुन्न भो सुहाउँदैन मूर्च्छना
अकाल काल आँशुमा नुहाउँदैछ हुण्डरी
विवाद गर्छ पिण्डले शिरान आड पाखुरी॥

५) हिमाल माल कालमा अकाल हुन्छ जीवनी
बनेर पत्थरी मुना कडा बनेछ सोधनी
डसेर लान्छ कालले थियो सुधा अझै पनि
बनेर कल्प वृक्षले मिलाउँदोछ साध्विनी॥

०००
कलङ्की, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मूर्ख मानिसको मति

मूर्ख मानिसको मति

दुर्गा रिमाल अधिकारी
रिस

रिस

दुर्गा रिमाल अधिकारी
मतिभ्रष्ट को भयो ?

मतिभ्रष्ट को भयो ?

दुर्गा रिमाल अधिकारी
इतिहास कि बितियाँस ?

इतिहास कि बितियाँस ?

दुर्गा रिमाल अधिकारी
निष्ठाको नमस्कार !

निष्ठाको नमस्कार !

दुर्गा रिमाल अधिकारी
0
Would love your thoughts, please comment.x
()
x