साइबर अपराध सम्बन्धी सचेतना सामग्री

निष्ठाको नमस्कार !

अहं नेता शरणं गच्छामि, नेतृ शरणं गच्छामि, घूस नखादामि, घूस लिन कर जोडामि, यिनै नेताको शरणं गच्छामि भन्न चाहन्छु । यिनै नेतालाई निष्ठाको नमस्कार भन्न चाहन्छु ।

Nepal Telecom ad

दुर्गा रिमाल अधिकारी :

१. नेताज्यू, म हलन्ते
होइन, गफन्ते होइन,
म झगडन्ते होइन,
लडन्ते होइन,
तपाई जे सोच्नुहुन्छ,
यी सबैमा एक सोच्नु नै होला ।
जे सोचे पनि तपाईंलाई
निष्ठाको नमस्कार ।

२. भगवानको शरण जाने,
भक्ति गर्ने पनि गर्छन्
तर म भगवानको शरण जाने
र भक्ति गर्नेमा पटक्कै पत्यार गर्दिन ।
म त नेता भक्ति तथैवच,
अहं नेता शरणं गच्छामि,
नेतृ शरणं गच्छामि, घूस नखादामि,
घूस लिन कर जोडामि,
यिनै नेताको शरणं गच्छामि भन्न चाहन्छु ।
यिनै नेतालाई निष्ठाको
नमस्कार भन्न चाहन्छु ।

३..देशभक्ति भनेको कुन चरीको नाम हो,
म त्यो पटक्कै जान्दिन हाम्रा वीर मरे,
बाजे बराजु मरे त्यो म जान्दिन,
मैले मर्नुपर्छ कि पर्दैन,
त्यो पनि म जान्दिन,
तर भूमि भने पटक्कै मर्दैन,
भूमि जस्तै अमर, अजर अविनाशी बन्ने
नेताको शरण पर्दछु ।
यिनै नेतालाई कर जोडी
दश औंलाको नमस्कार गर्दछु ।
यस्तै विनित नेतालाई
निष्ठाको नमस्कार भन्न चाहन्छु ।

४.सास हुनेको लाश हुन्छ
तर आत्मा भने चिरञ्जीवी हुन्छ ।
गीतामा कृष्णले अर्जुनलाई
यिनै कालजयी दृष्टान्त
सिकाउनुभएको छ ।
यस्तै कालजयी नेतामा
निष्ठाको नमस्कार ।

०००
कलङ्की, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुबामा समर्पण

बुबामा समर्पण

दुर्गा रिमाल अधिकारी
मूर्ख मानिसको मति

मूर्ख मानिसको मति

दुर्गा रिमाल अधिकारी
रिस

रिस

दुर्गा रिमाल अधिकारी
मतिभ्रष्ट को भयो ?

मतिभ्रष्ट को भयो ?

दुर्गा रिमाल अधिकारी
इतिहास कि बितियाँस ?

इतिहास कि बितियाँस ?

दुर्गा रिमाल अधिकारी
नेतालाई प्रश्न

नेतालाई प्रश्न

दुर्गा रिमाल अधिकारी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x