सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

निष्ठाको नमस्कार !

अहं नेता शरणं गच्छामि, नेतृ शरणं गच्छामि, घूस नखादामि, घूस लिन कर जोडामि, यिनै नेताको शरणं गच्छामि भन्न चाहन्छु । यिनै नेतालाई निष्ठाको नमस्कार भन्न चाहन्छु ।

Nepal Telecom ad

दुर्गा रिमाल अधिकारी :

१. नेताज्यू, म हलन्ते
होइन, गफन्ते होइन,
म झगडन्ते होइन,
लडन्ते होइन,
तपाई जे सोच्नुहुन्छ,
यी सबैमा एक सोच्नु नै होला ।
जे सोचे पनि तपाईंलाई
निष्ठाको नमस्कार ।

२. भगवानको शरण जाने,
भक्ति गर्ने पनि गर्छन्
तर म भगवानको शरण जाने
र भक्ति गर्नेमा पटक्कै पत्यार गर्दिन ।
म त नेता भक्ति तथैवच,
अहं नेता शरणं गच्छामि,
नेतृ शरणं गच्छामि, घूस नखादामि,
घूस लिन कर जोडामि,
यिनै नेताको शरणं गच्छामि भन्न चाहन्छु ।
यिनै नेतालाई निष्ठाको
नमस्कार भन्न चाहन्छु ।

३..देशभक्ति भनेको कुन चरीको नाम हो,
म त्यो पटक्कै जान्दिन हाम्रा वीर मरे,
बाजे बराजु मरे त्यो म जान्दिन,
मैले मर्नुपर्छ कि पर्दैन,
त्यो पनि म जान्दिन,
तर भूमि भने पटक्कै मर्दैन,
भूमि जस्तै अमर, अजर अविनाशी बन्ने
नेताको शरण पर्दछु ।
यिनै नेतालाई कर जोडी
दश औंलाको नमस्कार गर्दछु ।
यस्तै विनित नेतालाई
निष्ठाको नमस्कार भन्न चाहन्छु ।

४.सास हुनेको लाश हुन्छ
तर आत्मा भने चिरञ्जीवी हुन्छ ।
गीतामा कृष्णले अर्जुनलाई
यिनै कालजयी दृष्टान्त
सिकाउनुभएको छ ।
यस्तै कालजयी नेतामा
निष्ठाको नमस्कार ।

०००
कलङ्की, काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
मतिभ्रष्ट को भयो ?

मतिभ्रष्ट को भयो ?

दुर्गा रिमाल अधिकारी
इतिहास कि बितियाँस ?

इतिहास कि बितियाँस ?

दुर्गा रिमाल अधिकारी
नेतालाई प्रश्न

नेतालाई प्रश्न

दुर्गा रिमाल अधिकारी
खान छैन सागभात

खान छैन सागभात

दुर्गा रिमाल अधिकारी
भुँडी पुराण

भुँडी पुराण

दुर्गा रिमाल अधिकारी
महाशय !

महाशय !

दुर्गा रिमाल अधिकारी
दुःसमय

दुःसमय

विमल निभा
मलाई कवि जस्तै हुन मजा लाग्छ

मलाई कवि जस्तै हुन...

खगेन्द्र नेउपाने
फेरि बधाईं

फेरि बधाईं

हेम अधिकारी
नेताज्यूको क्रान्ति र मुड्के सलाम

नेताज्यूको क्रान्ति र मुड्के...

सुभाषचन्द्र देवकाेटा
नयाँ क्यालेन्डर

नयाँ क्यालेन्डर

भरत गुरागाइँ बर्बरिक
विश्व खवर

विश्व खवर

विष्णुहरि पाैडेल