साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मतिभ्रष्ट को भयो ?

घरमा बसी बसी दिल सान्त्वना थियो करमा परी मुना कर भारमा भयो अबला म तातिएँ जन क्रान्तिको भयो घरको नजा दशा मतिभ्रष्ट को भयो ?॥

Nepal Telecom ad

दुर्गा रिमाल :

जब हूल के भयो, सब स्वार्थमा डुबे
मन भै अशान्तको अब मार्ग नै भुले
लुटमारतन्त्रको, जन चाप्लुसी भयो
मति शिष्ट छैन है मति भ्रष्ट को भयो ? ॥१

जनता लडेर नै जब न्याय माग्छ यो
तर छैन न्याय यो जन तामसी भयो
भरिपूणर् छैन है अनिकाल पो भयो
छ दशा चले यहाँ मति भ्रष्ट को भयो ॥२

अबको समाजमा समता हटे भयो
जनको दिमागमा ठगनै ठगी भयो
धनको हिसाबले जन मासिने भयो
मनु बन्छ आसुरी मति भ्रष्ट को भयो ॥३

सब मान र्कीर्तिको, मन साधुको थियो
तर खट्छ दानवी मदको जुधाइको
दिन रातमा उही, दिन लाग्नु नै थियो
मनमा अशान्त भै मतिभ्रष्ट को भयो ॥४

घरमा बसी बसी दिल सान्त्वना थियो
करमा परी मुना कर भारमा भयो
अबला म तातिएँ जन क्रान्तिको भयो
घरको नजा दशा मतिभ्रष्ट को भयो ?॥५

०००
कलङ्की, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुबामा समर्पण

बुबामा समर्पण

दुर्गा रिमाल अधिकारी
मूर्ख मानिसको मति

मूर्ख मानिसको मति

दुर्गा रिमाल अधिकारी
रिस

रिस

दुर्गा रिमाल अधिकारी
इतिहास कि बितियाँस ?

इतिहास कि बितियाँस ?

दुर्गा रिमाल अधिकारी
निष्ठाको नमस्कार !

निष्ठाको नमस्कार !

दुर्गा रिमाल अधिकारी
नेतालाई प्रश्न

नेतालाई प्रश्न

दुर्गा रिमाल अधिकारी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x