सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

इतिहास कि बितियाँस ?

किराँतकालदेखि अद्यसम्म हाम्राे इतिहास संस्कृति कि विकृति हाे ? पार्याै बितियाँस विश्व थर्काउने हिजाे हाम्रै थिए पुर्खा आज खाडी पुगेका छन् बेची बारी सुर्का ।

Nepal Telecom ad

दुर्गा रिमाल अधिकारी :

नाना छैन भन्दै सानी स्कूल पनि जान्न
भोको पेट रुन्छे उसलाई खानेकुराे छैन
छोराछोरी पाल्न पनि जानुपर्छ खाडी
हाम्रा नेता चड्छन् किन कराेडका गाडी ?

न्याय निसाफ खोज्न चाहिँ जानुपर्ने गोरखा
भातमारा बनेका छन् नेता जति बोक्रा ?
किराँतकाल, लिच्छवी र मल्लकाल गए
पुर्खा हाम्रा पाैरखीले पाैरख पाेख्या थिए ।

प्रजातन्तत्र आयो भन्याैँ खै त कस्लाई आयाे ?
लोकतन्त्र आयो भन्याैँ तर नेतातन्त्र आयाे ?
खालि स्वार्थ लाेभैले पाे भर्छ आफ्नो झोली
भुइँ जनता भुइँमै छन् उस्कै ठूलाे बोली ।

राम्रो काम गरेदेखि कल्ले हल्लाउँछ
घूसखोरी नेतामात्रै किन मौलाउँछ ?
किन हाेला विदेशीकै बनिराकाे पुच्छर
राता गाला भ्रष्टचाला कति साह्राे दुच्छर ?

किराँतकालदेखि अद्यसम्म हाम्राे इतिहास
संस्कृति कि विकृति हाे ? पार्याै बितियाँस
विश्व थर्काउने हिजाे हाम्रै थिए पुर्खा
आज खाडी पुगेका छन् बेची बारी सुर्का ।

०००
कलङ्की, काठमाडाैं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
निष्ठाको नमस्कार !

निष्ठाको नमस्कार !

दुर्गा रिमाल अधिकारी
नेतालाई प्रश्न

नेतालाई प्रश्न

दुर्गा रिमाल अधिकारी
खान छैन सागभात

खान छैन सागभात

दुर्गा रिमाल अधिकारी
भुँडी पुराण

भुँडी पुराण

दुर्गा रिमाल अधिकारी
महाशय !

महाशय !

दुर्गा रिमाल अधिकारी
घूस

घूस

दुर्गा रिमाल अधिकारी
जन्मे फेरि मुसा

जन्मे फेरि मुसा

बिन्दु दहाल ‘मूकदर्शक’
मतिभ्रष्ट को भयो ?

मतिभ्रष्ट को भयो ?

टङ्कराज ढकाल ‘तितेपाती’
बेथा नउल्टिए हुन्थ्याे

बेथा नउल्टिए हुन्थ्याे

मुक्तिनाथ शर्मा
जिन्दगी : अनेक अनुभूति

जिन्दगी : अनेक अनुभूति

गाेपेन्द्रप्रसाद रिजाल