साइबर अपराध सम्बन्धी सचेतना सामग्री

इतिहास कि बितियाँस ?

किराँतकालदेखि अद्यसम्म हाम्राे इतिहास संस्कृति कि विकृति हाे ? पार्याै बितियाँस विश्व थर्काउने हिजाे हाम्रै थिए पुर्खा आज खाडी पुगेका छन् बेची बारी सुर्का ।

Nepal Telecom ad

दुर्गा रिमाल अधिकारी :

नाना छैन भन्दै सानी स्कूल पनि जान्न
भोको पेट रुन्छे उसलाई खानेकुराे छैन
छोराछोरी पाल्न पनि जानुपर्छ खाडी
हाम्रा नेता चड्छन् किन कराेडका गाडी ?

न्याय निसाफ खोज्न चाहिँ जानुपर्ने गोरखा
भातमारा बनेका छन् नेता जति बोक्रा ?
किराँतकाल, लिच्छवी र मल्लकाल गए
पुर्खा हाम्रा पाैरखीले पाैरख पाेख्या थिए ।

प्रजातन्तत्र आयो भन्याैँ खै त कस्लाई आयाे ?
लोकतन्त्र आयो भन्याैँ तर नेतातन्त्र आयाे ?
खालि स्वार्थ लाेभैले पाे भर्छ आफ्नो झोली
भुइँ जनता भुइँमै छन् उस्कै ठूलाे बोली ।

राम्रो काम गरेदेखि कल्ले हल्लाउँछ
घूसखोरी नेतामात्रै किन मौलाउँछ ?
किन हाेला विदेशीकै बनिराकाे पुच्छर
राता गाला भ्रष्टचाला कति साह्राे दुच्छर ?

किराँतकालदेखि अद्यसम्म हाम्राे इतिहास
संस्कृति कि विकृति हाे ? पार्याै बितियाँस
विश्व थर्काउने हिजाे हाम्रै थिए पुर्खा
आज खाडी पुगेका छन् बेची बारी सुर्का ।

०००
कलङ्की, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मूला

मूला

दुर्गा रिमाल अधिकारी
बुबामा समर्पण

बुबामा समर्पण

दुर्गा रिमाल अधिकारी
मूर्ख मानिसको मति

मूर्ख मानिसको मति

दुर्गा रिमाल अधिकारी
रिस

रिस

दुर्गा रिमाल अधिकारी
मतिभ्रष्ट को भयो ?

मतिभ्रष्ट को भयो ?

दुर्गा रिमाल अधिकारी
निष्ठाको नमस्कार !

निष्ठाको नमस्कार !

दुर्गा रिमाल अधिकारी
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x