साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रिस

गर्दोछ हेला रिस अन्य माथि भन्दोछ मेरो गफ हुन्न साक्षी लम्की र धम्की अरुमा गरेर ऊ चाल्छ व्यर्थै रिस घूस खोर ॥

Nepal Telecom ad

दुर्गा रिमाल अधिकारी

(१)
फालौं कि मैलो रिसराग छोडी
मानौं कि च्यातौं परद्रोह कामी
छोड्दैन भिन्नै बल जाग्छ चर्को
बोल्दै नबोल्ने तर बात झर्को ॥

(२)
आकाश गंगा सविता नुहाए
आफैं अवेला तप गर्न लाए
छोड्दैन पापी वशका पछाडि
गम्कन्छ आफैं रिसले पछारी ॥

(३)
बन्दैन प्यारो सब सामु लड्छ
माग्दैन माफी रिसले दगुर्छ
सन्तान पापा सँग मेल खान्न
कुर्दैन बाबा रिस छाड्न भिन्न ॥

(४)
रोपेर आफैं बलको घमण्डी
आलोचनाको वशमाथि धम्की
ऊ पत्नि मात्रैसँग लड्न हैन
दोषी छ आफैं धरणी बिगार्न ॥

५)
खेल्दो छ कालो रिसले परेड
भन्दोछ आफैं विष खान्न धेर
आफैं लछारो रिसको पसारो
आफैं छ आफै शत्रुको पसारो

६)
गर्दोछ हेला रिस अन्य माथि
भन्दोछ मेरो गफ हुन्न साक्षी
लम्की र धम्की अरुमा गरेर
ऊ चाल्छ व्यर्थै रिस घूस खोर ॥

०००
कलङ्की, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मूला

मूला

दुर्गा रिमाल अधिकारी
बुबामा समर्पण

बुबामा समर्पण

दुर्गा रिमाल अधिकारी
मूर्ख मानिसको मति

मूर्ख मानिसको मति

दुर्गा रिमाल अधिकारी
मतिभ्रष्ट को भयो ?

मतिभ्रष्ट को भयो ?

दुर्गा रिमाल अधिकारी
इतिहास कि बितियाँस ?

इतिहास कि बितियाँस ?

दुर्गा रिमाल अधिकारी
निष्ठाको नमस्कार !

निष्ठाको नमस्कार !

दुर्गा रिमाल अधिकारी
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x