साइबर अपराध सम्बन्धी सचेतना सामग्री

निजीकरण

"हेलो सन्तोष, कति बाँकी रहे गाउँमा बालबालिका ?"- निर्मलले एकान्तमा आएर गाउँमा फोन गर्यो। "सर लगभग गाउँको सरकारी पाठशाला खाली भयो।"- सन्तोषले जानकारी गरायो।

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

“सरकार निजीकरणको मनसायमा छ। हामीले यसैको बिरोध गरेका छौं।” विक्रमले आन्दोलधकारीहरूलाई संवाेधन गर्दै भन्यो।
लामाे समयदेखि धेरै मागहरू लिएर अध्यापकहरूको आन्दोलन चलिरहेको छ।

“हो आन्दोलन रोकिनु हुँदैन, सरकार एक न एकदिन अवश्य पनि झुक्ने छ। हामी सबैको माग पुरा गर्न बाध्य हुनेछ।”-निर्मलले पनि आन्दोलनलाई लम्व्याउनमा जोड दिंदै भन्यो।

“साथी हो हामीले हाम्रो आन्दोलन अझै लम्ब्याउने हिम्मत् गरौं।”  विक्रमले सबैलाई होसला दिंदै भन्यो।

राजधानीमा लामबद्ध भएका अध्यापकहरू अझै जोसिला थिए । आन्दोलनकै बिचमा नाच गान र हाँसो ठट्टा चल्दै थियो।
यता निर्मलले भने मानिसहरू लगाएर आफ्ना स्कुलहरूमा भर्ना धमाधम गराउँदै थियो। आफू सरकारी प्रअ आन्दोलनमा भए पनि उसका दुइव़टा बोडिङ् स्कुलहरू थिए ।

“आन्दोलन् चर्काउनै पर्छ बरू यो वैशाखको महिनाभरी राजधानीमा बस्नुपर्ला तर हामीले आफ्नो माग मनाएरै छाड्ने छौं।” साथी हो हजुरहरूलाई कुनै पनि समस्या परे म छु ; तर कृपया  आन्दोलनमा सिथिलता नआव़स्र ।”-निर्मलले आमासभामा आफ्नो धारणा राख्यो।

उता गाउँमा सरकारी स्कुलमा पढ्ने बालबालिका सबै प्राइवेट स्कुलतिर लम्किँदै  छन्।

“हेलो सन्तोष, कति बाँकी रहे गाउँमा बालबालिका ?”- निर्मलले एकान्तमा आएर गाउँमा फोन गर्यो।

“सर लगभग गाउँको सरकारी पाठशाला खाली भयो।”- सन्तोषले जानकारी गरायो।

“आन्दोलनबाट कसैको त फाइदा भयो नि ।”-निर्मल मनमनै हर्षित भयो। र कृतिम हाँसो फैलायो मुखमा।

०००
घोराही १८, दाङ
०८-०१-२०८२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
विवाह

विवाह

सुरेशकुमार पाण्डे
चट्टान्

चट्टान्

सुरेशकुमार पाण्डे
मजदुरमा दरार

मजदुरमा दरार

सुरेशकुमार पाण्डे
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x