सुरेशकुमार पाण्डेनिजीकरण
"हेलो सन्तोष, कति बाँकी रहे गाउँमा बालबालिका ?"- निर्मलले एकान्तमा आएर गाउँमा फोन गर्यो। "सर लगभग गाउँको सरकारी पाठशाला खाली भयो।"- सन्तोषले जानकारी गरायो।

सुरेशकुमार पाण्डे :
“सरकार निजीकरणको मनसायमा छ। हामीले यसैको बिरोध गरेका छौं।” विक्रमले आन्दोलधकारीहरूलाई संवाेधन गर्दै भन्यो।
लामाे समयदेखि धेरै मागहरू लिएर अध्यापकहरूको आन्दोलन चलिरहेको छ।
“हो आन्दोलन रोकिनु हुँदैन, सरकार एक न एकदिन अवश्य पनि झुक्ने छ। हामी सबैको माग पुरा गर्न बाध्य हुनेछ।”-निर्मलले पनि आन्दोलनलाई लम्व्याउनमा जोड दिंदै भन्यो।
“साथी हो हामीले हाम्रो आन्दोलन अझै लम्ब्याउने हिम्मत् गरौं।” विक्रमले सबैलाई होसला दिंदै भन्यो।
राजधानीमा लामबद्ध भएका अध्यापकहरू अझै जोसिला थिए । आन्दोलनकै बिचमा नाच गान र हाँसो ठट्टा चल्दै थियो।
यता निर्मलले भने मानिसहरू लगाएर आफ्ना स्कुलहरूमा भर्ना धमाधम गराउँदै थियो। आफू सरकारी प्रअ आन्दोलनमा भए पनि उसका दुइव़टा बोडिङ् स्कुलहरू थिए ।
“आन्दोलन् चर्काउनै पर्छ बरू यो वैशाखको महिनाभरी राजधानीमा बस्नुपर्ला तर हामीले आफ्नो माग मनाएरै छाड्ने छौं।” साथी हो हजुरहरूलाई कुनै पनि समस्या परे म छु ; तर कृपया आन्दोलनमा सिथिलता नआव़स्र ।”-निर्मलले आमासभामा आफ्नो धारणा राख्यो।
उता गाउँमा सरकारी स्कुलमा पढ्ने बालबालिका सबै प्राइवेट स्कुलतिर लम्किँदै छन्।
“हेलो सन्तोष, कति बाँकी रहे गाउँमा बालबालिका ?”- निर्मलले एकान्तमा आएर गाउँमा फोन गर्यो।
“सर लगभग गाउँको सरकारी पाठशाला खाली भयो।”- सन्तोषले जानकारी गरायो।
“आन्दोलनबाट कसैको त फाइदा भयो नि ।”-निर्मल मनमनै हर्षित भयो। र कृतिम हाँसो फैलायो मुखमा।
०००
घोराही १८, दाङ
०८-०१-२०८२
Subscribe
Login
0 Comments
Oldest







































