साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विवाह

"बुहारी छोरा त विदेशमा छन् । उहाँ त धाकसिंह सरकी तेस्रो पत्नी होइसिन्छ।"- घनश्यामले जानकारी गराउँदै भने।

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

“सर ! यहाँलाई चिन्नुहुन्छ ?”-घनश्यामले मोहनलाई एकजना अथितीतर्फ इसारा गर्दै सोधे। “खै’ ठमाउन सकेन मैले त ! को हुनुहुन्छ होला ? मोहनले निदार चाउरी पार्दै भने र जान्न खोजे।

त्यहीबेला कार्यक्रम सुरू हुने उदघोष भयो। उदघोषकले बडो सम्मान गर्दै सबै अथितीहरूलाई मञ्चमा बोलाए। पहिलो नम्वरमा मुख्य अथिति उनै धाकसिंह परेका थिए।

“सुन्नुभयो धाकसिहँ बाल विवाह र बहुविवाह बिरोधी आन्दोलनका संयोजक हुनुहुन्छ। आज संभवत् उँहाकै घरमा हाम्रो खाने बस्ने ब्यवस्था पनि छ।”-घनश्यामले जानकारी गराए।” खुसि लाग्यो यस्ता सम्मानिय ब्यक्तित्वका घरमा रात बिताउनु भनेको त स्वर्गकै सयर गर्नु सरह हो।”-मोहनले खुसी ब्यक्त गर्दै भने।

“यो हल पनि उँहाकै हो निशुल्क सहयोग गर्नुभयो।समय-समयमा यहाँ साहित्यिक कार्यक्रमहरू हुनेगर्छन्। शुल्क लिनुहुँदैन। यसैको माथिल्लो तलामा उहाँको बास्थान छ त्यो भन्दा माथल्लो पोषन अथितिहरूको लागि खालि राख्नु भएको छ।” घनश्यामले धाकसिहँ को प्रसंसा गर्दै भने।

मोहनलाल पोखरा पहिलो पल्ट आएको एकता यो सहरको बनाव़टी सुन्दरताले ऊ मोहित बनेको उस्तै यहाँका मानिसहरूको कार्यप्रणालीबाट ऊ प्रभावित भयो। कार्यक्रम पनि राम्रो भयो।अथितिहरूका विचारले पनि उसको हृदय छोयो।कार्यक्रम भब्यरूपमा सुसम्पन्न भयो।

“उनीहरूको डिनर पनि धाकसिहँको घरमै थियो। धाकसिंह कुनै विध्यालयबाट सेवामुक्त अठत्तर वर्षीय जीवन व्यतित् गर्दैथिए।

“कति सुन्दर परिवार छोराहरू त देखिन तर बुहारी भने अत्यन्तै सरल स्वभावकी मिजासी माने।”-खाना खाएपछि सुत्ने ठाउँमा पुगेर खाटमा बस्दै गर्दा मोहनले प्रशंसा गर्दै भने।

“स.स. सुस्त ! ओहो हजुर पनि नबुझिकन जे पनि भन्नुहुन्छ।”-चोर औंला आफ्नो ओंठमा लगाउँदै सचेत गराए।
“केभयो ? मैले केही बिराएँ र ?”-मोहन आश्चर्य हुँदै प्रश्न गरे।

“बुहारी छोरा त विदेशमा छन् । उहाँ त धाकसिंह सरकी तेस्रो पत्नी होइसिन्छ।”- घनश्यामले जानकारी गराउँदै भने।

०००
दाङ घोराही १८
२०-०२-२०८३)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चट्टान्

चट्टान्

सुरेशकुमार पाण्डे
मजदुरमा दरार

मजदुरमा दरार

सुरेशकुमार पाण्डे
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
जेल

जेल

सुरेशकुमार पाण्डे
चेतना

चेतना

सुरेशकुमार पाण्डे
साहित्य र जाँड

साहित्य र जाँड

रुद्र खरेल
असली आर्थिक गणना दुई हजार तिरासी

असली आर्थिक गणना दुई...

शेषराज भट्टराई
प्रोफेसर भाइरल

प्रोफेसर भाइरल

भोजराज रेग्मी ‘मुखाले’
डोजर पुराण

डोजर पुराण

फित्काैली डटकम
रकिब !

रकिब !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x