साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खोसेर खाँदै छ जो

रोगीको उपचार छैन किन हो ? आफैँ छ रोगी सरी कानूनी उपचार छैन कतिको बेहोस आफैँ सरी के के काम भयो बजेट कति गो हिसाब खोजौँ अब हाम्रो देश उकास्न स्वार्थ बलियो पारेर एकै तब ।

Nepal Telecom ad

माधव पोखरेल गोज्याङ्ग्रे :

तर्सायो दिनरात साँझ त्यसले बोल्दै नबोली कन
नाङ्गो नाच तमास देश भरि नै बेहाल मान्छे झन
कालोभित्र लुकेर राक्षसहरू भत्काउँदै बास जो
देखायो ललिपप् र चुस्न नदिई खोसेर खाँदै छ जो ।

सुत्केरी महिला र बालकहरू रोएर पीडा सही
वृद्धावृद्ध अशक्त बालिगहरू रूदैँ गरेका यही
भत्कायो श्रमको चुसेर पसिना सारा कराए कति
फिर्ता भोट मागेर आज जसले गर्दै बिरोधै अति ।

भत्कायो सपना सखाप जनको आतङ्क भो डोजर
रोगी औ मजदूरका दिनहरू बित्दै गए सोत्तर
भन्दै थे कतिले गरीब जनको सात्तो उडाई दियो
डस्यो सर्प बनेर गरीब उपरै झुप्रो धनी झै भयो ।

कानूनी उपहास गर्छ अति नै धामी र झाक्री पनि
आफैँ भो मुखिया विभेद मनको खै स्वच्छ कामै अनि
देखायो बहना अनेक थरिका लुक्दै बसेको छ त्यो
आफ्‌नै दोष लुकाउँदै घरिघरी पेल्दै छ मान्छे उ त्यो ।

गाँजा भाङसँगै नशा छ गहिरो चिन्दैन कोही पनि
जाक्यो खाडलमा र देश अहिले कोमा बसेको अनि
हाम्रो नैतिकता कतातिर गयो ? कानून मास्नेतिर
यस्तै चाल भयो भने मुलुकमा मासिन्छ त्यो आखिर ।

खै कस्ले कसरी चलाउँदैछ दुनियाँ बुझ्‌नै छ गाह्रो अति
भेडो झैँ छ सवार एक तरिका हेर्दैन एकै रति
आफ्‌नै ताल छ देश शेषतिर गो बोल्दैन त्यो आखिर
बैरीले धरती लुछेर अहिले लादैछ आफैँतिर ।

रोगीको उपचार छैन किन हो ? आफैँ छ रोगी सरी
कानूनी उपचार छैन कतिको बेहोस आफैँ सरी
के के काम भयो बजेट कति गो हिसाब खोजौँ अब
हाम्रो देश उकास्न स्वार्थ बलियो पारेर एकै तब ।

०००
गाईघाट, उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भू-शासन

भू-शासन

माधव पोखरेल गोज्याङ्ग्रे
लुट्यो डोजरले

लुट्यो डोजरले

माधव पोखरेल गोज्याङ्ग्रे
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
भेडा दिवस

भेडा दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
राष्ट्रिय पिण्ड दिवस

राष्ट्रिय पिण्ड दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
नेपाल कछुवा दल

नेपाल कछुवा दल

माधव पोखरेल गोज्याङ्ग्रे
तोला तोलामा मान्छे

तोला तोलामा मान्छे

अनिता काेइराला
गुण र दोषको मृत्यू

गुण र दोषको मृत्यू

डा. लोकेन्द्रप्रसाद पौड्याल
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
सरकारमा उजुरी

सरकारमा उजुरी

सूर्य चापागाईं
0
Would love your thoughts, please comment.x
()
x